वीरगन्ज,१०कार्तिक: वीरगन्ज महानगरपालिका वडा नम्बर १४ बहुअरीस्थित वीरगन्ज हेल्थकेयर हस्पिटलले चारतारे हाेटलकाे सुविधा सरहकाे सेवा विस्तार गरेकाे छ ।
मधेस प्रदेशमै मुटुकाे एन्जिओग्राफी र एन्जियोप्लास्टी सेवा दिदैं आएकाे एक मात्र हस्पिटलका रुपमा रहेकाे वीरगन्ज हेल्थकेयर हस्पिटलले शुक्रबारदेखि १० वटा डिलक्स केबिन सञ्चालनमा ल्याएकाे हाे ।हस्पिटल भवनकाे दाेश्राे र तेश्राे तल्लाकाे ब्लकमा लिफ्ट सुविधासहितकाे डिलक्स केबिन सञ्चालनमा ल्याइएकाे हाे ।

उक्त डिलक्स केबिनमा भेन्टिलेटरसहितकाे आइसियु,सेन्ट्रल अक्सिजन,बिरामीका कुरुवाका लागि छुट्टै बिस्तारा, कुरुवाकैलागि ईन्टरनेट वाईफाई ,टेलिभिजन , खानाका लागि ओवेन लगायतका उपकरण र सेवा उपलब्ध गराईएकाे हस्पिटलका अध्यक्ष तथा सञ्चालक डाक्टर अबुल हैस अन्सारीले जानकारी दिए ।
उनले मधेस प्रदेशमै यत्तिकाे सुविधासम्पन्न उपचार सेवा दिने एक मात्र वीरगन्ज हेल्थकेयर हस्पिटल भएकाले कुनैपनि बिरामी सुविधासम्पन्न उपचारका लागि अब काठमाडौं वा अन्य सहरका ठूला हस्पिटलमा जान नपर्ने बताए ।
उनका अनुसार, शुक्रबारदेखि सञ्चालनमा ल्याइएकाे डिलक्स केबिनकाे प्रतिदिनकाे शुल्क ५ हजार रुपैयाँ मात्र निर्धारण गरिएकाे छ । यत्तिकाे सेवा उपलब्ध हुने डिलक्स केबिनकाे शुल्क काठमाडौं वा अन्य सहरका अस्पतालकाे शुल्कभन्दा सस्ताे रहेकाे दाबी डाक्टर अन्सारीकाे छ ।
२०६७ सालदेखि सेवा सुरु गरेकाे वीरगन्ज हेल्थकेयर हस्पिटलमा नेपाल सरकारकाे स्वास्थ्य बीमा र आमा सुरक्षा कार्यक्रम सेवापनि उपलब्ध छ ।
यसका साथै ,विपन्न नागरिकको लागी स्थानीय तहबाट सिफारिस भएका मुटु रोग, हेड इन्ज्यूरी र स्पाइनल इन्जूरी भएका बिरामीकाे उपचारमा १ लाख रुपैयाँ छुट दिने नेपाल सरकारकाे कार्यक्रमपनि हस्पिटलमा लागु रहेकाे सञ्चालक अन्सारीले जानकारी दिए।

