Madhes Khabar
पर्यटन हेडलाइन

वीरगन्जमा बन्न लागेको चिडियाखानाको घेराबार गर्ने काम ६० प्रतिशत सकियो

वीरगन्ज, २५जेष्ठःवीरगन्ज महानगरपालिका वडा नम्बर ३२ रामवनमा बन्न लागेको प्राकृतिक चिडियाखानाको घेराबार गर्ने काम तिब्र रुपमा अघि बढेको छ ।

करिब ५० हेक्टर क्षेत्रफल ओगट्ने चिडियाखानाको सीमांकन तथा त्यसमा घेराबार गर्ने काम करिब ६० प्रतिशत सकिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिए ।’अहिले सम्म घेराबार गर्ने काम करिब ६० प्रतिशत सम्पन्न भएको छ, उनल भने,‘बाँकी घेराबार गर्ने काम पनि भइरहेको र केही स्थानमा भने ब्यक्तिहरुले कब्जा गरिराखेकाले त्यो अतिक्रमण हटाउनु पर्ने देखिएको छ ।’

करिब १ अर्ब सात करोड रुपैयाँको लागतमा बनाउन लागिएको प्राकृतिक चिडियाखानाको शिलान्यास स्वास्थ्यमन्त्री एंव पर्सा–१ सांसद प्रदीप यादवले यसअघि वनमन्त्री भएका बेला २०७९ असोज ६ गते गरेका थिए । सवैया साझेदारी वनको पूर्व सिमानामा पर्ने प्रस्तावित चिडियाखानाको क्षेत्रफल ५० हेक्टर रहेको जसमा घास बुट्यान क्षेत्रले ३९.४ हेटटर, सघन क्षेत्रले ७.५ र अतिक्रमण क्षेत्रले ३.१ हेक्टर ओगटेको छ ।

पर्सा राष्ट्रिय निकुन्जले शुक्रबार वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको अध्यक्षतामा बैठक राखेर चिडियाखानाको सीमाभित्र पर्ने अतिक्रमण हटाउने विषयमा सरोकारवालाहरुसँग छलफलपनि गरेको छ ।बैठकले चिडियाखानाले अधिग्रहण गरेका जग्गाको अतिक्रमण हटाउन सार्वजनिक सूचनामार्फत आह्वान गर्ने र अटेर गरे नियमानुसार खाली गराउने निर्णय गरेको छ ।यस्तै सीमांकनका लागि सार्वजनिक र निजी आवादी जग्गा छुट्याउन नापी कार्यालयलाई अनुरोध समेत गर्ने निर्णय गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत खतिवडालले जानकारी दिए ।

यस्तै बैठकले वीरगन्जका मेयर सिंहको नेतृत्वमा सरोकारवालाहरुको टोलीले चिडियाखानाको घेराबारको काम अनुगमन गर्ने र अनुगमन पछि आएको सुझाव अनुसार बाँकी प्रकृया समेत अघि बढाउने निर्णय पनि भएको उनले बताए ।

बैठकमा मेयर सिंहले प्रकृतिक यहाँका नागरिक चिडियाखाना निर्माणको व्यग्र प्रतिक्षामा रहेकाले यसको निर्माण कार्यमा कुनै पनि बहानामा ढिलाई हुन नहुने बताए। उनले चिडियाखानाको पेरिमिटरमा पर्ने अतिक्रमण सबैको समन्वयमा हटाउन महानगर लागि पर्ने पनि बताए ।

बैठकमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले चिडियाखाना निर्माणको काम महत्वपूर्ण रहेकाले कतैबाट पनि अवरोध नआउने गरि सबैसँग समन्वय गरेर काम गर्नुपर्ने बताए ।

बैठकमा नेपाली सेनाका प्रमुख सेनानी डायमण्ड कार्की, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रहरी नायब उपरीक्षक केशर कुमार न्यौपाने, डिभिजन वन कार्यालय पर्साका प्रमुख सुनिल कुमार कर्ण, नापी कार्यालय पर्साका प्रमुख नापी अधिकृत राकेश कुमार झा, सबैया साझेदारी बन व्यवस्थापन समुहका अध्यक्ष लखनलाल साह, वडा नम्बर ३१ का वडा अध्यक्ष जितेन्द्र यादव, ३२ का वडाध्यक्ष रियाज अहमद लगायतकोपनि सहभागिता थियो ।

 

Related posts

रामचन्द्र पौडेल बने गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति : कामु प्रधानन्यायाधीश कार्कीबाट लिए शपथ

MadhesKhabar

सिर्सिया नदी प्रदुषित गर्ने उद्योग सिल गर्ने तयारी महानगरले गरेपछि उद्योगीले मागे १५ दिनको समय

MadhesKhabar

लाेसपा वरिष्ठ नेता राजेन्द्र महत्ताे पर्सा ३ बाट सिफारिस

MadhesKhabar

Leave a Comment