Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्जमा दसैंका लागि मात्र लगाइयाे सस्तो बजार

वीरगन्ज,१७असाेज:दसैं पर्वलाई लक्षित गरेर वीरगन्जमा पनि सस्तो बजार सञ्चालनमा ल्याइएको छ ।
उद्योग विभाग पर्सा, घरेलु तथा साना उद्योग कार्यालय वीरगन्ज र वीरगन्ज उद्योग वाणिज्य संघको सयुँक्त आयोजनामा आदर्शनगरस्थित टिवडेवाल धर्मशालामा बिहीबारदेखि  सस्ताे बजार सञ्चालनमा ल्याइएको हाे।
बिहीबार पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले सस्ताे बजारकाे उद्घाटन गरे।असोज २४ गते फूलपातिका दिनसम्म लाग्ने सस्ताे बजारमा खाद्यान्न,लुगाकपडा,किराना,हस्तकलाबाट निर्मित सामग्री  लगायतका सामानका विभिन्न २२ वटा स्टलहरु राखिएकाे उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले जानकारी दिए ।हरेक दिन बिहान ११ देखि साँझ ६ बजेसम्म खुल्ने सस्तो बजारमा सामानहरु बजार मूल्यभन्दा सस्तो र सुलभ भाउमा पाइने संघका अध्यक्ष अनिलकुमार अग्रवालले जानकारी दिए।
हरेक वर्ष झै यसवर्षपनि दसैंका लागि मात्रै सस्ताे बजार लगाइएको भन्दै अध्यक्ष अग्रवालले फुलपातिका दिनसम्म ग्राहकबाट सकरात्मक प्रतिक्रिया आएकाे खण्डमा सस्तो बवारलाई तिहार र छठसम्मपनि निरन्तरता दिन सकिने बताए ।
उद्घाटन कार्यक्रममा उद्योग विभाग मधेस प्रदेशकी निमित्त महानिर्देशक रिमा साह,वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष मनोज दास, महासचिव आशिष लाठ,वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका शाखा अधिकृत सुनिल चौरसिया लगायतकोपनि उपस्थिती थियो ।

Related posts

नेपालबाट ५ महिनामा १३ अर्ब ४ करोडको बिजुली भारत निर्यात

MadhesKhabar

नारायणी क्रिकेट रंगशालाको स्तरोन्नती अब महानगर आफैँले गर्छ:मेयर सिंह

MadhesKhabar

उपेन्द्र यादवको पार्टी चम्चा बेल्चाहरुको झुण्ड हो : स्वास्थ्यमन्त्री प्रदीप यादव

MadhesKhabar

Leave a Comment