Madhes Khabar
स्वास्थ्य हेडलाइन

पर्सामा माघ ९ र १० गते बालबालिकालाई कोभिड विरुद्धको खोप लगाइने

मधेसखबर
वीरगन्ज,०४माघ : पर्सामा ५ वर्ष देखि ११ वर्ष उमेर समूहका बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको फाइजर खोप माघ ९ र १० गते लगाइने भएको छ ।

जिल्ला खोप समन्वय समिति पर्साको मङगलबार बसेको बैठकले जिल्लाभर रहेका ५ देखि ११ वर्ष उमेर समुहका बालबालिकालाई यहि माघ ९ र १० गते कोभिड–१९ विरुद्धको फाइजर खोप लगाउने निर्णय गरेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको अध्यक्षतामा बसेको जिल्ला खोप समन्वय समितिको बैठकले जिल्लाका १४ वटै पालिकाममा खोप क्न्द्र सन्चालन गरि उक्त उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाउने निर्णय गरेको ठाकुरले बताए ।

बैठकले खोप अभियान सन्चालनका लागि स्वास्थ्य कार्यालय पर्साले १४ वटै पालिकामा समन्वय गर्ने, खोप अभियान सन्चालनका लागि जिल्ला स्थित शिक्षक महासंघ , नेपाल ररेडक्रस सोसाइटी, प्याब्सन, एनप्याब्सन, अभिभावक संघसँग समन्वय गर्ने निर्णय पनि गरेको ठाकुरले जानकारी दिए।

फाइजर खोप लगाएका बालबालिकामा कोभिड–१९ को संक्रमणबाट हुने जटिलता कम देखिने गरेकाले यो अभियानमा सरिक भइ आ आफना बालबालिकालाई खोप लगाउन अभिभावकहरुलाई ठाकुरले आग्रह पनि गरेका छन् ।

Related posts

मधेसमा मौलाउदै कुश्ती खेल

MadhesKhabar

फेटाको बौधीमाइ मन्दिरमा तोडफोड गर्नेलाइ हदै सम्म कारबाही गर्न हिन्दु परिषदकोे माग

MadhesKhabar

प्रहरीले पक्राउ गर्ने सूचना पाएपछि वीरगन्जबाट काली कम्बल वाला बाबा फरार

MadhesKhabar

Leave a Comment