Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

फेटाको बौधीमाइ मन्दिरमा तोडफोड गर्नेलाइ हदै सम्म कारबाही गर्न हिन्दु परिषदकोे माग

माधुरी महत्तो
वीरगन्ज, १८ साउन : बाराको फेटा गाँउपालिका वडा नम्बर ३ स्थित बौधीमाइ मन्दिरमा भएको तोडफोडको घटनामा संलग्नलाइ कारबाहीको माग गर्दै हिन्दु परिषद नेपालले जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय बारामा ज्ञापनपत्र बुझाएको छ ।

बौैधीमाइको मन्दिरमा गत सोमबार राति अज्ञात व्याक्तिहरुले तोडफोड गरेका थिए । उक्त घटनामा संलग्नहरुको अहिले सम्म पहिचान खुल्न सकेको छैन ।

हिन्दुहरुको मन्दिरमा तोडफोड गर्नेहरुको पहिचान गरि कारबाहीको माग गर्दै हिन्दु परिषद नेपालका अगुवाहरुले बुधबार बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल र प्रहरी नायव उपरिक्षक राजेश थापालाइ ज्ञापनपत्र बुझाएका हुन् ।

मन्दिरका सामु निर्मित बाघको मुर्ती ,मन्दिरको प्राङ्गणमा रहेको हनुमानको ध्वजा र मन्दिरको भरयाङमा लगाइएको मार्बल तोडफोड गगरि फुटाएर हिन्दु धर्म माथि नै प्रहार गर्ने काम गरिएकाले उक्त घटनामा संलग्नलाइ यथाशीघ्र पक्राउ गरि कारबाही गर्न हिन्दु परिषद नेपालले माग गरेको छ ।

ज्ञापनपत्र बुझाउन गएको टोलीमा हिन्दु परिषद नेपालका केन्द्रिय अध्यक्ष सन्तोषानन्द महाराज, हिन्दु परिषद नेपाल बाराका अध्यक्ष गोपाल दासका साथै हिन्दु परिषद नेपालका सदस्य , समाजिक अभियन्ता लगायतको सहभागीता रहेको थियो ।

Related posts

पर्सामा २० वर्ष यता धानको उत्पादन बढ्दा हरित ग्याँस उत्सर्जनले समस्या थपिदैै

MadhesKhabar

पर्सा १ (क) को प्रदेशसभा सदस्यमा माओवादीका रहबर विजयी

MadhesKhabar

रास्वपाले समर्थन फिर्ता लिएपनि सरकारलाई कुनै फरक पर्दैन : उपेन्द्र यादव

MadhesKhabar

Leave a Comment