Madhes Khabar
स्थानिय

चीसो र शीतलहरबाट जोगिन सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय पर्साको अनुरोध

वीरगन्ज,८पुसःजिल्ला प्रशासन कार्यालय पर्साले बढ्दो चीसो र शीतलहरबाट जोगिन सतर्कता अपनाउन जिल्लाबासीसंग आग्रह गरेको छ ।

केहिदिन यता चिसो बढ्दै गएको र बाक्लो हुस्सु पनि लागिरहेको अवस्थामा यसबाट विशेषगरी बालबालिका, जेष्ठ नागरिक, सुत्केरी तथा गर्भवती महिला, सीमान्तकृत वर्ग, गरीब तथा पिछडिएको समुदाय प्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले सबै जिल्लाबासीलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

बढ्दो चीसो र शीतलहरका कारण जनस्वास्थ्य, पशुपन्छी तथा दैनिक जनजीवनमा नकारात्मक असर पर्न सक्ने भएकाले जोखिम न्यूनिकरणका लागि विभिन्न सावधानी अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको हो ।पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले जारी गरेको सूचनामा चिसोबाट जोगिन न्यानो कपडा लगाउने, अत्यधिक चिसोमा अनावश्यक रूपमा घरबाहिर ननिस्कने, सुत्दा सिरक–कम्बल प्रयोग गरी छाती र टाउको ढाक्ने, तातो पानी तथा पोषिलो झोल पदार्थ प्रशस्त मात्रामा सेवन गर्न सुझाव दिइएको छ।

त्यसैगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा बिरामीको विशेष हेरचाह गर्न, ज्वरो, खोकी, दम बढ्ने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिए तत्काल स्वास्थ्यकर्मीको सम्पर्कमा जानपनि आग्रह गरिएको छ ।यसका साथै आगो ताप्दा वा विद्युतीय हिटर प्रयोग गर्दा कोठामा पर्याप्त अक्सिजन आवतजावत हुने व्यवस्था गर्न र सुत्नुअघि आगो निभाई तथा विद्युतीय उपकरण बन्द गर्न समेत सचेत गराइएको छ।

Related posts

वीरगन्जका चोक चोकमा आगो ताप्ने व्यवस्था

MadhesKhabar

वीरगन्जका ग्रामीण भेगका वडाहरुको पनि विकास गर्न महानगर प्रतिबद्ध छ : उपमेयर आलम

MadhesKhabar

वीरगन्जका ३ वटा वडामा वर्षौँदेखिको डुबान समस्या समाधान हुदाँ स्थानीबासी खुशी

MadhesKhabar

Leave a Comment