वीरगन्ज,२१असारःपर्साको पोखरिया नगरपालिका वडा नम्बर ९ स्थित हनुमान मन्दिर प्रांगणमा निर्माणाधीन पार्कमा वृक्षारोपण गरिएको छ ।
लायन्स क्लब अफ पोखरियाको आयोजनामा र्पाक परिसरमा विभिन्न प्रजातिका बिरुवााहरु रोपिएको लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन समानीले जानकारी दिए ।
उक्त वृृक्षारोपण कार्यक्रमममै हनुमान मन्दिरको जग्गा नामसारी गराउन विशेष पहल गरेका गोरख साह तेलीलाई उनको योगदानको कदरस्वरूप कार्यक्रमका प्रमुख अतिथि तथा पूर्वमन्त्री जनार्दन सिंह क्षेत्रीले दोशल्ला ओढाई सम्मानपनि गरेका थिए ।
समानीको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा पोखरिया नगरपालिकाका पूर्वमेयर दीपनारायण रौनियार , कांग्रेसका क्षेत्रीय सभापति श्रीकिसुन चौहान, वडाध्यक्ष नौशाद आलम, लक्ष्मण साह, रामबाबु चौहान ,कांग्रेसकी महिला नेतृ आशा चौहान लगायतकाकोपनि सहभागिता रहेको थियो ।

