Madhes Khabar
स्थानिय हेडलाइन

मालपोत कार्यालय पर्साका पूर्वअधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टचारको मुद्दा दायर

वीरगन्ज,२०कार्तिकः वीरगन्जस्थित मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रविरुद्ध राजस्व चुहावटको आरोपमा दुई करोड नौ लाख ३१ हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०७१/७२ मा मालपोत कार्यालय पर्साको फाँट ‘ग’ को एउटा जग्गामा एकै रजिस्ट्रेशन नम्बरको एकभन्दा बढी लिखत पारित गरेको र बढी राजस्व रकम उठेको लिखतको विवरण दर्ता किताबमा प्रमाणित नगरेको पाइएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए ।

यही सम्बन्धमा आयोगले मिश्रको हस्ताक्षरबाट पारित भएका लिखतबाट सङ्कलन भएको रकम भ्रष्टाचार भएको आरोपमा उनीविरुद्ध दुई करोड नौ लाख ३१ हजार रुपैयाँको दोब्बर रकम जरिबाना गर्न माग गरेर विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो ।

यसैगरी मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृत भूपबहादुर बोगटीविरुद्ध पनि यही विषयमा एक करोड ४९ लाख ६९ हजार रुपैयाँभन्दा दोब्बर जरिबाना मागदाबीसहित भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

यही आरोपमा तत्कालीन मालपोत अधिकृत गोपाल ढुङ्गानाविरुद्ध ३५ लाख ४५ हजार रुपैयाँभन्दा दोब्बर जरिबाना मागदाबीसहित भ्रष्टाचारको आरोपमा मुद्दा दर्ता भएको छ । आयोगका अनुसार मालपोतका तत्कालीन अधिकृतहरू र एक जना नायब सुब्बाविरुद्ध पनि भष्टाचारको मुद्दा दर्ता भएको छ ।

 

Related posts

सुबोध सिंह स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार झालाई प्रदान

MadhesKhabar

मधेस प्रदेश सरकारमा कांग्रेस ‘इन’ , माओवादी ‘आउट’

MadhesKhabar

काँग्रेस प्रतिको बढ्दो जनलहरले विपक्षीहरु अत्तालिएका छन् : अजय चौरसिया

MadhesKhabar

Leave a Comment