Madhes Khabar
स्थानिय

अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास

वीरगन्ज,१७जेठःवीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंस्थित मुस्लिम समुदायको कब्रगाहमा वाउन्ड्रीवाल निर्माण कार्यको शिलान्यास गरिएको छ। वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले शिलान्यास गरेका हुन् । करीब ५० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको यो संरचनाले कब्रगाहको सुरक्षा, संरक्षण तथा व्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।

शिलान्यास कार्यक्रममा बोल्दै मेयर सिंहले वीरगन्जलाई सांस्कृतिक, धार्मिक र जातीय विविधताको प्रतिकको रूपमा उल्लेख गर्दै भने, “यहाँका सबै धर्म र समुदायको आस्था र परम्पराको संरक्षण हाम्रो साझा दायित्व हो। कब्रगाहको वाउन्ड्रीवाल निर्माण केवल संरचनात्मक कार्य होइन, यो धार्मिक सम्मान, सामाजिक सद्भाव र नागरिक जिम्मेवारीप्रति महानगरको गम्भीर प्रतिबद्धता हो।”

उनले थपे, “विगतमा खुला अवस्थामा रहेको कब्रगाहमा अतिक्रमण, फोहोर र असुरक्षाको समस्या देखिँदै आएको थियो। पर्खाल निर्माणपछि यसको व्यवस्थापन व्यवस्थित हुने विश्वास लिइएको छ। महानगरले धार्मिक सहिष्णुता र सामाजिक समावेशीतालाई प्राथमिकतामा राखेर यस्ता संरचनात्मक सुधारका कामहरू आगामी दिनमा पनि निरन्तरता दिनेछ।”

शिलान्यास कार्यक्रममा योजना प्रमुख अवधेश कुश्वाहा, मेयर सिंहका प्राविधिक सल्लाहकार प्रकाशमान अमात्य, इन्जिनियर प्रकाश अधिकारी, स्थानीय मुस्लिम समुदायका अगुवा तथा नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Related posts

पर्साका सबै पालिकाहरुमा पहिलो दिन न्युन उम्मेदवारी दर्ता

MadhesKhabar

वीरगन्ज महानगरको कार्यालय सन्चालनका लागि बैंकहरुद्वारा ९ थान कम्प्युटर सहयोग

MadhesKhabar

वीरगन्जको रानीघाट पुलबाट सरिसवा नदीमा एक बालिकाले हाम फालिन् , खाेजी कार्य जारी

MadhesKhabar

Leave a Comment