Madhes Khabar
राष्ट्रिय हेडलाइन

मौसम विभागले भन्यो: पर्सा,बारासहित १४ जिल्लामा ३ दिन तातो लहर चल्छ, सतर्क रहनु

फाइल तस्बिर ।

काठमाडौं,२१वैशाख: मौसम विभागले तीन दिन पर्सा,बारासहित १४ वटा जिल्लामा तातो हावाकाे लहर चल्ने जनाएको छ। विभागले आज(बिहीबार) तातो दिन तथा तातो लहर सम्बन्धी विशेष बुलेटिन-४ जारी गरेर पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा ,सप्तरी,बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी (बसुप) जिल्लामा तातो लहर चल्ने जनाएको हो।

विभागले कञ्चनपुर, कैलाली, नवलपरासी (बसुपू), चितवन, सुनसरी, मोरङ र झापामा अद्यावधिक रहने जनाएको छ। आगामी तीन दिन कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही ठाउँहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा यो भन्दा बढी रहने सम्भावना रहेको मौसम विभागले जनाएको छ।

मधेस र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै ठाउँहरूमा आगामी तीन दिनसम्म मध्यम तातो लहर हुने सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही ठाउँहरूमा तातो दिन हुने सम्भावना छ।

 

तातो हावा तथा तातो लहरबाट हुने थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्छ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने , चर्को घाममा बाहिर ननिस्किने, हल्का लुगा (सुतीको कपडा ) लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहन आवश्यक रहेको विभागले जनाएको छ।

Related posts

गृहमन्त्रीको आश्वासन : प्रेम आचार्यले उठाएका विषयमा छानबिन गर्छौं

MadhesKhabar

अर्थमन्त्री महत भन्छन् : अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन

MadhesKhabar

पर्साका जनप्रतिनिधिहरुको प्राथमिकतामा स्वास्थ्यका कार्यक्रम नपरेको स्वास्थ्यकर्मीहरुको गुनासो

MadhesKhabar

Leave a Comment