Madhes Khabar
समाज हेडलाइन

पर्साका ४०० दलित बालबालिकालाई अमेरिकामा बस्ने नेपाली दम्पतीले दिए विद्यालय पाेशाक

वीरगन्ज ,१६असार: अमेरिकामा बस्दै आएका एक नेपाली दम्पतिले पर्साकाे ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययनरत दलित समुदायका चार सय बालबालिकालाई विद्यालय पाेशाक सहयाेग गरेका छन् ।
अमेरिकामा सेजल एन्ड सिस्टर एलएलसी नामक संस्था सञ्चालन गरेका उक्त संस्थाका  संस्थापकद्वय मोनु खड्का सुवेदी र मेघ सुवेदीले पिस फर दलित फाउन्डेसन नेपालकाे पहलमा पर्साका चार सय दलित बालबालिकालाई विद्यालय पाेशाक सहयाेग गरेका हुन् ।
सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनस्थित दलित प्राथमिक विद्यालय, कौवाबन कटैया गाउँमा रहेकोे नेपाल  राष्ट्रिय आधारभूत विद्यालय र  बिन्दवासिनी गाँउपालिकाकाे केहुनियास्थित नेपाल आधारभूत विद्यालयमा अध्ययनरत चार सय दलित बालबालिकालाई विद्यालय पोशाक वितरण गरिएकाे फाउन्डेसन पर्साका अध्यक्ष मनाेज रामले जानकारी दिए ।
संस्थाले अमेरिकाबाट पठाएकाे तीन लाख ७६ हजार रुपैयाँमा पाेशाक खरिद गरि दलित बालबालिकालाई वितरण गरिएको उनले बताए ।
महुवन दलित प्राथमिक विद्यालयकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरख कुमार रामकाे अध्यक्षता तथा सखुवाप्रसौनी गाउँपालिकाक अध्यक्ष यसवन्त यादवकाे प्रमुख आतिथ्यतामा भएकाे पाेशाक हस्तान्तरण कार्यक्रममा सखुवा प्रसाैनी गाँउपालिकाकाे वडा नम्बर ५ का वडा अध्यक्ष अशेसर प्रसाद यादव , सेजल एन्ड सिस्टर एलएलसीका नेपाल प्रतिनिधि सञ्जित भण्डारी , श्वेता केसी , सागर कार्की,रक्षा घिमिरे, सपना श्रेष्ठ लगायतको पनि उपस्थित रहेकाे पिस फोर दलित फाउन्डेसन नेपाल पर्साका अध्यक्ष मनोज रामले जानकारी दिए ।

Related posts

सिर्सिया नदी प्रदुषण नियन्त्रणमा सहयोग गर्न उद्योगमन्त्रीलाई वीरगन्जका मेयर सिंहको आग्रह

MadhesKhabar

मातृत्व जोगाउने अभियान अन्तर्गत पाठेघरको मुखको क्यान्सरबारे निशुल्क शिविर गर्नेलाई मुख्यमन्त्रि सिँहले दिए धन्यवाद

MadhesKhabar

पर्साको जिराभवानी ३ को दलित बस्तीमा कम्बल वितरण

MadhesKhabar

Leave a Comment