Madhes Khabar
राजनीति हेडलाइन

पर्सा १ मा प्रदीप यादव अगाडि , द्धिवेदी ५३२ मतले पछाडि

मधेसखबर
वीरगन्ज,०५ मंसिर : पर्सा क्षेत्र नम्बर १ को जारी मतगणनाको पहिलो परिणाम अनुसार प्रतिनिधीसभा सदस्यमा जसपाका उम्मेदवार प्रदीप यादव.ले अग्रता लिएका छन् ।

ठाकुरराम बहुमुखी क्याम्पसमा जारी मतगणनाको पहिलो परिणाम अनुसार, ३६३३ मत गनिसक्दा जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार यादवलले १८०८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विनोद पोख्रेलले जानकारी दिए । दोश्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीले १२७६ मत प्राप्त गरेका छन् । पूर्वमन्त्री समेत रहेका यादव , द्धिवेदी भन्दा ५३२ मतले अगाडि छन् ।

यस्तै राप्रपाका उम्मेदवार किरनमान डंगोल २२० मतका साथ तेश्रो स्थानमा छन् । सत्तागठबन्धनबाट लोसपाका उम्मेदवार लक्ष्मणलाल कर्णले भने ५० मत मात्रै पाएका छन् ।
पर्सा क्षेत्र नम्बर १ मा कुल मतदाता ७७ हजार ९ सय ३३ रहेकोमा आइतबार भएको निर्वाचनमा ५१ हजार ३ सय ७९ मत खसेको थियो ।

 

Related posts

पर्सामा डा. सिके राउतको उपस्थितीमा हुने कार्यक्रमलाई भव्य बनाउने जनमत पार्टीको निर्णय

MadhesKhabar

मधेस प्रदेशको सभामुखको उम्मेदवार यादवलाई बनाउने सात दलको निर्णय

MadhesKhabar

मेयर सिंहको निर्देशनमा माइराम पोखरी अतिक्रमण गरि बनाइएका संरचना हटाउने प्रकृया शुरु

MadhesKhabar

Leave a Comment