Madhes Khabar
राजनीति

मधेस प्रदेशको सभामुखको उम्मेदवार यादवलाई बनाउने सात दलको निर्णय

वीरगन्ज,५पुसः मधेश प्रदेशको सभामुखको उम्मेदवार जसपा नेपालका प्रदेश सांसद राम अशीष यादवलाई बनाउने सहमति सात दलीय गठबन्धनले गरेको ।

शनिबार जनकपुरमा बसेको एमाले बाहेकका सात दलको बैठकले प्रदेश सभामुखमा धनुषाको निर्वाचन क्षेत्र नम्बर २ को (ख) बाबाट दोस्रो पटक निर्वाचित यादवलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेका हुन् । यादव, अहिले जसपा नेपालको प्रमुख सचेतकपनि हुन् । यादवलाई सभामुखको उम्मेदवार बनाउने सात दलबीच सहमहति भएको पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले जानकारी दिए ।

मधेस प्रदेशमा रिक्त सभामुख पदका लागि शनिबार नै मनोनयन दर्ता गर्ने तालिका छ ।गत मंसिर ३ गते तत्कालीन सभामुख रामचन्द्र मण्डललाई पदअनुकूलको आचरण नगरेको अभियोगमा प्रदेश सभाको दुई तिहाई बहुमतबाट पदमुक्त गरिएको थियो।

Related posts

झुठा प्रलोभन दिनेहरुसंग सतर्क रहन प्रदीप यादवको आग्रह

MadhesKhabar

पर्सा २ (ख) मा दलीय उम्मेद्वारको विकल्प बन्दै स्वतन्त्र उम्मेद्वार रुपेशमान

MadhesKhabar

युवा नेता चौरसिया सहित २०० बढी युवा रास्वपामा प्रवेश,उम्मेदवार पन्तले गरे स्वागत

MadhesKhabar

Leave a Comment