Madhes Khabar
राजनीति

मधेस प्रदेशको सभामुखको उम्मेदवार यादवलाई बनाउने सात दलको निर्णय

वीरगन्ज,५पुसः मधेश प्रदेशको सभामुखको उम्मेदवार जसपा नेपालका प्रदेश सांसद राम अशीष यादवलाई बनाउने सहमति सात दलीय गठबन्धनले गरेको ।

शनिबार जनकपुरमा बसेको एमाले बाहेकका सात दलको बैठकले प्रदेश सभामुखमा धनुषाको निर्वाचन क्षेत्र नम्बर २ को (ख) बाबाट दोस्रो पटक निर्वाचित यादवलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेका हुन् । यादव, अहिले जसपा नेपालको प्रमुख सचेतकपनि हुन् । यादवलाई सभामुखको उम्मेदवार बनाउने सात दलबीच सहमहति भएको पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले जानकारी दिए ।

मधेस प्रदेशमा रिक्त सभामुख पदका लागि शनिबार नै मनोनयन दर्ता गर्ने तालिका छ ।गत मंसिर ३ गते तत्कालीन सभामुख रामचन्द्र मण्डललाई पदअनुकूलको आचरण नगरेको अभियोगमा प्रदेश सभाको दुई तिहाई बहुमतबाट पदमुक्त गरिएको थियो।

Related posts

राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धन बन्छ : अजय चौरसिया

MadhesKhabar

संसद बैठकमै सिके राउतले भने : हामीले धोती लगाउँदा पनि यहाँ षडयन्त्र देख्छन्

MadhesKhabar

कांग्रेस निकट मुस्लिम संघ पर्साकाे अधिवेशन भदाैं १६ गते

MadhesKhabar

Leave a Comment