Madhes Khabar
राजनीति

मधेसमा देखिएको पानीको समस्याको दीर्घकालीन समाधानमा जुटेका छौं : मन्त्री यादव

बारा,५असोजःखानेपानी मन्त्री प्रदीप यादवले गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राख्दै मन्त्रालयले नियमित अनुगमन, मर्मत सम्भार र सुधारका कार्यहरूलाई तीव्रता दिएको बताएका छन्।

बाराको जितपुरसिमरा उपमहानगरपालिकामा आयोजित ’सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति’ को २२औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै खानेपानी मन्त्री यादवले संस्थाको महत्वपूर्ण भूमिका र योगदानको प्रशंसा गर्दै मन्त्रालयले मधेस प्रदेशका विभिन्न क्षेत्रमा देखिएको पानीको समस्याको दीर्घकालीन समाधानमा जुटेको बताए।

’सफा, सुरक्षित र गुणस्तरीय पानीको पहुँच प्रत्येक नागरिकको मौलिक अधिकार हो। मधेसमा पानीको अभावले ठूलो चुनौती खडा गरेको छ। हामीले दीर्घकालीन समाधानका लागि ठोस योजना बनाउनुपर्छ र सामुदायिक सहभागिता अपरिहार्य छ,’ उनले भने।

मन्त्री यादवले मधेसमा झन्डै ८० प्रतिशत घरधुरीमा चापाकलहरू सुकेका कारण पानीको गम्भीर अभाव भएको उल्लेख गर्दै खानेपानी मन्त्रालयले यस समस्याको समाधानका लागि समुदायसँग सहकार्य गर्दै सेवा विस्तार र मर्मत सम्भारलाई निरन्तरता दिने प्रतिवद्धता गरे। ’सुनकोसी–मरिन डाइभर्जन परियोजनामार्फत मधेसको पानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिन्छ। यसले सिँचाइ मात्र होइन, खानेपानी आपूर्तिमा पनि योगदान पु¥याउनेछ,’ उनले भने।

 

Related posts

पर्साका ३ वटा निर्वाचन क्षेत्रमा एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत, एउटामा विवाद कायमै

MadhesKhabar

काँग्रेसका नेता अन्सारी जसपामा प्रवेश

MadhesKhabar

वीरगन्ज १३ मा विजय सरावगीको चुनावी घरदैलो

MadhesKhabar

Leave a Comment