Madhes Khabar
राजनीति हेडलाइन

गुटबन्दीले रास्वपा पर्साकाे अधिवेशन अनिश्चित,क्लासिक बेंक्वेटमा कार्यकर्ताहरु नेताहरुकाे प्रतिक्षामा

वीरगन्ज,२४जेठ:शनिबार विवादका कारण स्थगित रास्वपा पर्साकाे प्रथम जिल्ला अधिवेशनकाे निर्वाचन प्रकृया अनिश्चित भएको छ।

 

शनिबार हाेटेल गेट वे वीरगन्जमा आइतबार हुने जिल्ला अधिवेशनका लागि निर्वाचन प्रकृया चलिरहेकै बेला मतदाता (जिल्ला प्रतिनिधि) नामावलीकाे विवादमा दुई गुटबीच हानाहान भएपछि निर्वाचन समितिले निर्वाचन प्रकृया आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित गरेकाे थियाे।त्यसपछि आइतबार बिहान फेरि निर्वाचन समितिका संयाेजक डा. नन्दन यादवले अर्को सुचना जारी गरेर अपरान्ह ३ बजेदेखि निर्वाचन प्रकृया सुचारु गरिने जानकारी दिएका थिए ।तर अपरान्ह ५.३० बजेसम्म पनि जिल्ला अधिवेशन र निर्वाचन प्रकृया सुरु हुने छाँटकाँट देखिएकाे छैन।

अधिवेशनस्थल क्लासिक बेंक्वेटमा रास्वपाका कार्यकर्ताहरु नेताहरुलाई कुरेर बसिरहेका छन् ।विवाद सुलझाउन काठमाडौंबाट आइतबार आएका संगठन विभाग सचिव शंकर श्रेष्ठको मध्यस्थतामा हाेटल भिस्वा पर्साका दुवै गुटका नेताहरुकाे छलफल जारी छ ।

यसअघि आइतबार बिहानमात्रै महानगर सभापति दीपराज श्रेष्ठले महानगर समिति मातहतका सबै विभागहरु खारेज गरिएको घाेषणा गरेपछि त्यसले दुई गुटबीचकाे विवाद झन् बल्झिएकाे छ।

रास्वपा पर्साका सभापति तथा पर्सा-१ सांसद हरि पन्तले हाेटल भिस्वामा दुवै पक्षबीच सहमतिको लागि छलफल जारी रहेकाे बताए ।

पर्सामा पालिका अधिवेशनकै बेलादेखि सुरु भएको रास्वपाभित्रको दुई गुटबीचको विवाद अहिले जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा झन् छताछुल्ल भएको हो ।

पर्सामा एक गुटको नेतृत्व संस्थापक जिल्ला सभापति तथा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले गर्दै आएका छन् ।उनलाई एक्ल्याउन बाँकी ३ क्षेत्रका सांसदहरु सुशील साह कानु, रमाकान्त चौरसिया र टेकबहादुर शाक्य अर्को गुट बनाएर अगाडि बढेका छन् ।

पर्सा-२ का सांसद कानुले जिल्ला सभापतिले जिल्लाका १४ मध्ये ८ पालिकामा अधिवेशन नै नगराएकाे बताए ।जिल्ला प्रतिनिधि चयनमा एकलाैटी गरेकाे आराेप लगाउँदै उनले आँफुखुशी विभिन्न विभाग गठन गरेर त्यसबाट पनि प्रतिनिधिहरु थपेकाे बताए ।उनले भने,`गुटउपगुट भन्दा पनि सत्य असत्यको कुरा छ । कसैसँग पनि पूर्वाग्रही हुनु भएन । एक जनाको पार्टी होइन ।अधिवेशन र निर्वाचन प्रकृया पार्टीको विधि र निर्देशन बमाेजिम हुनुपर्छ भन्ने हाम्राे अडान हाे।

Related posts

वीरगन्जको दलितबस्तीका ५० जना बालबालिकालाई निःशुल्क ट्युसन पढाउने घोषणा

MadhesKhabar

जनकपुरको सभामा रहबरले भने : मधेसमा विकासको विगुल फुक्न रास्वपामा आएँ

MadhesKhabar

जसपासंग तालमेल गर्दा एमालेलाइ सबै भन्दा बढि फाइदा मधेसमा

MadhesKhabar

Leave a Comment