Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जको गहवामाई मन्दिर परिसर साैन्दर्यकरणकाे काम फेरि सुरु

वीरगन्ज,२९मंसिर:वीरगन्जको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको गहवामाई मन्दिर परिसर पुनः सौन्दर्यकरण गर्ने काम सुरु भएको छ। गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा मन्दिर परिसरमा लगाइएको छेकबार तोडफोड भएपछि परिसर अस्तव्यस्त बनेको थियो।

 

तोडफोडका कारण मन्दिर क्षेत्रको सुरक्षा, सौन्दर्य र आवागमन व्यवस्थापनमा समस्या देखिएपछि वीरगन्ज महानगरपालिकाले पुनः व्यवस्थापनको काम साेमबारबाट अघि बढाएको हो ।गहवामाई मन्दिर वीरगन्जको प्रमुख धार्मिक आस्थाको केन्द्र भएकाले यसको संरक्षण, सुरक्षा र सौन्दर्य कायम राख्नु आवश्यक रहेको हुँदा बिहानैबाट काम सुरु गरिएको हो ।

 

स्थानीयवासी तथा भक्तजनहरूले लामो समयदेखि मन्दिर परिसरलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउन माग गर्दै आएका थिए । पुनः सुरु गरिएको यस सौन्दर्यकरण कार्यले मन्दिर क्षेत्रको धार्मिक महत्व जोगिनुका साथै श्रद्धालुहरूलाई सहज र सुरक्षित वातावरण उपलब्ध गराउने विश्वास गरिएको छ ।

Related posts

एकैरात वीरगन्जबाट २ करोड भन्दा बढिको ३ ट्रक सामान पक्राउ

MadhesKhabar

बृत्तचित्र प्रर्दशन तथा छलफल कार्यक्रम सम्पन्न

MadhesKhabar

वीरगन्जमा ट्रान्सपोर्ट नगर बनाउन सहयोग गर्न नीजि क्षेत्रसँग मेयर सिंहको आग्रह

MadhesKhabar

Leave a Comment