Madhes Khabar
प्रविधि हेडलाइन

बृत्तचित्र प्रर्दशन तथा छलफल कार्यक्रम सम्पन्न

शुक्रबार जनकपुरमा बृत्तचित्र प्रर्दशन र छलफल कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । द एशिया फाउण्डेशन मुख्य कार्यान्वयनकर्ता रहेको युएसएआईडी नागरिक र सञ्चार (सीएसएम) कार्यक्रमको मिडिया फेलोसिप च्यालेन्ज फण्ड अन्र्तगत मानवअधिकार चलचित्र केन्द्रले मधेश प्रदेशमा कार्यरत ९ जना पत्रकार महिलाहरुले बनाएका बृत्तचित्र प्रदर्शन गरिएको हो । ६ महिना अन्तर्गतको फेलोसिप प्राप्त गरेका ९ जना मधेश प्रदेशमै रहेर पत्रकारिता गर्दै आएका पत्रकार महिलाहरुले सेन्टरका तर्फबाट विभिन्न चरणको कार्यशाला पश्चात मधेश अन्तर्गतका विषवस्तुमा आधारित तयार पारेका ५ वटा बृत्तचित्र विभिन्न सरोकारवाला समक्ष प्रदर्शन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका प्रदेश सभाका सभामुख रामचन्द्र मंडलले मानव भएकै कारण मानिसहरु रचनात्मक भएकोले समाजमा केही सन्देश दिनसक्नुपर्नेमा जोड दिए । हाल भाषा संस्कृती माथि भईरहेको आक्रमण तथा कतिपय लोप हुने अवस्थामा पुगेको प्रति चिन्ता व्यतm गर्दै उनले मधेश प्रदेशका सबै जिल्लामा फरक फरक भाषा संस्कृती भएपनि भाषा विस्तार हुन नसकेको बताए ।
हालसम्म मात्रै मिथिलाभाषालाई केही हदसम्म संरक्षण गर्न सकिएपनि मधेश प्रदेशका अन्य भाषा ओझेलमा परेको बताए । मधेश प्रदेशमा अझ पनि थुप्रै बेथीती समस्याप्रती राज्यको चासो नरहेको तथा ओझेलमा परीरहेको अवस्थामा अझ पनि सामाजिक क्रान्तिको आवशयतmा रहेको बताए ।
यी बृत्तचित्रमा देखाईएको मानव अधिकार लगायतका विभिन्न तहलाई संवेदनशील रुपमा उठाईएको र अझ पहल र सुधारको जरुरी रहेकोले यसप्रती आफ्नो तर्फबाट हुन सक्ने सक्दो पहल गर्ने प्रतिबद्धता व्यतm गरे ।
यी हाट बजार , शिक्षा संग सम्बिन्धत विषयवस्तु एकदमै सान्दर्भिक रहेको र अन्य यस्ता अरु विषयवस्तुरुको पनि उजागर हुनुपर्नेमा जोड दिए ।
प्रदेश सभा सासंद रानी तिवारीले कार्यक्रममा सम्बोधन गर्र्दै कार्यक्रम एकदमै महत्वपुर्ण रहेको बताईन् । उनले हरेक बृत्तचित्रमा देखाईएका फरक फरक भाषा, सस्कृती, रहनसहनले मधेशको सुवास दर्शाएको बताईन् । उनले यो फिल्ममा देखाइएका आ आफ्नो सस्कृती भाषालाई प्राथमिकता दिनुपर्नेमा जोड दिईन् । परम्परादेखी चलिआएको क्ेही संस्कृती केही ठीक केही सच्याउनुपर्नेमा जोड दिईन् । समग्रमा ५ वटै बृत्तचित्रले धेरै नै महत्वपुर्ण सन्देश दिन खोजेकोमा यी सबै बृत्तचि आफैमा उपलब्धिमुलक रहेको बताईन् ।
मधेशका हाट बजार व्यापारीको हातमा गएकोले अब पहिलाजस्तो सुवास नरहेको उनले बताईन् । त्यसैले पहिलाको हाट बजारको व्यवस्थापन सबै पक्ष मिलेर जानुपर्नेमा जोड दिईन् । हाट बजारमा एकता, भावना भन्दा व्यापारीकरण बढेको र स्वरुप परिवर्तन भएकोमा त्यसलाई जोगाउनुपर्नेमा जोड दिईन् । यस्ता धेरै विषयवस्तुमा फिल्म बनाउन सकिने हुँदा खोजीगर्न अझ आवश्यक रहेको बताईन् ।


जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले यी फिल्मले मधेश प्रदेशको वास्तविकतालाई उजागर गरेको र अझ केही सोध, अध्ययन गरेर फिल्म निर्माण गनुपर्नेमा जोड दिएका थिए । उनले मधेश प्रदेश थुप्रै विषयहरु बाहिर ल्याउनुपर्ने आवश्यतmा रहेको र यसमा हातेमालो गर्न आफुहरु तयार रहेको पनि बताए ।
उधोग बाणिज्य महासंघ धनुषा शाखाका जितेन्द्र महासेठले मधेश प्रदेश मानव सुचाकांकमा पनि तल झर्ने अवस्थामा छ । त्यसकारण यस बृत्तचित्रमा देखाईएका विभिन्न बेथिती र समस्यामा खासगरी शिक्षा र स्वास्थ्य तर्फ ध्यान दिनुपर्ने बताए । त्यस्तै झिझिया लगायतका संस्कृती परम्परालाई उजागर गर्र्दै जानुपर्नेमा जोड दिए । त्यस्तै छटिहारमा अझ पनि घरमै सुत्केरी गराउने लगायतका बेथिती देखाईएको छ । र त्यो अवस्था शहरी क्षेत्रमा यस्तो समस्या अझ पनि छ भने अस्पतालमा भन्दा घरमै सुत्केरी गराउनुपर्ने रुढिवादी परम्परालाई कसरी प्रकाशमा ल्याएर सुत्ेकरी महिलाको अकाल मृत्युको कुरालाई यो बृत्तचित्रले झल्काएको छ भने हाल बजार व्यवसाय धरासायी भईरहेको बेला हाट बजारको महत्वलाई बृत्तचित्रमा दर्शाईएकोमा धन्यवाद दिएका थिए ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष मनिका झाले मधेशमा पत्रकारीता गर्दै आएका पत्रकार महिलाहरुले बनाएका बृत्तचित्रले मधेशको विभिन्न पक्ष र सवालमा वास्तविकता ल्याएको बताईन् । उनले फिल्म बनाउनु चानचुने कुरा नरहेको र मधेशका पत्रकार महिलाहरुले गरेको कार्यप्रति मेहनत प्रति बधाई दिदै पहिलो खुडकीलो पार गरेको र आगामी दिनमा अझ राम्रो गर्दै जाने बताईन् । छटिहार, झिझिया , हाट बजार , दलित समुदायको शिक्षा लगायतका खासगरी महिलाहरुको अवस्था र व्यवस्थाको वास्तविकता देखाउने कार्य सराहनिय रहेको उनले बताईन् । अबका दिनमा मधेशमा पनि बृत्तचित्र बनाउन सक्ने पत्रकार महिलाहरु पनि छन् भन्ने कुरा गर्वका साथ भन्न सकिने अवस्था रहेकोमा गर्वान्भित भएको बताईन् । यो यात्रा सकेको नभई नयाँ यात्राको सुरुवात भएको पनि बताईन् ।
कार्यक्रममा द एसिया फाउण्डेसनका कार्यक्रम प्रमुख रोशन झा, राष्ट्रिय मानवअधिकार आयोग मधेश प्रदेशका प्रमुख मन्जु खतिवडा, संचारकर्मी, राजनीतीक दलका प्रतिनिधी लगायतले पनि आ आफ्नो धारणा राखेका थिए । कार्यक्रममा मानवअधिकार चलचित्र केन्द्रका विष्णु खत्रीले कार्यक्रमबारे प्रकाश पार्दै ५ वटै निर्मित बृत्तचित्रका बारेमा प्रकाश पारेका थिए । उनले ९ जना पत्रकार महिलाहरुले हटिया ,झिझिया, बहिना, छटिहार र अन्हार जिनगी नामक बृत्तचित्र निर्माण गरिएको उनले जानकारी दिएका थिए ।

Related posts

आफैलाइ भोट हाल्न नपाउने पर्साका उम्मेदवारहरु

MadhesKhabar

बन्द भएको ५० रुपैयाँमै खाना खुवाउने भरपेट भोजनालय फेरि सन्चालनमा आउने

MadhesKhabar

पर्सामा जसपाका केन्द्रिय सदस्य सिपु तिवारी सहित २६ जनाद्धारा पार्टी परित्याग

MadhesKhabar

Leave a Comment