Madhes Khabar
स्थानिय हेडलाइन

एक्सनमा वीरगन्जका मेयर : माइराम पोखरी अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन सुरु

मधेसखबर
वीरगन्ज, २१ कार्तिक : वीरगन्ज महानगरपालिकाले माइराम पोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका संरचना सोमबार देखि हटाउन सुरु गरेको छ ।

महानगरपालिकाको टोलीले सोमबारबाट पोखरीले चर्चेको जमिनमा बनाइएका अबैध संरचनाहरु हटाउन थालेको हो ।नगर प्रहरी र नक्सा शाखाका प्रमुख सहित पुगेको टोलीले पोखरीको जग्गा अतिक्रमण गरेर बनाइएको अबैध संरचना भत्काएर हटाउन सुरु गरेको हो ।

सुरुमा निर्माण गरिएका संरचनाको निस्सा पेश गर्न समय दिएको महानगरले आइतबार घरघरमै पुगेर संरचना हटाउन आग्रह गरेको थियो । तर महानगरको आदेशलाई अटेर गर्दै हटाउन नमानेपछि सोमबारबाट भने ती संरचना भत्काएर खाली गर्न सुरु गरिएको हो ।
सोमबार पहिलो दिन केही संरचना भत्काएर अन्यलाई चेतावनी दिइएको र उनीहरुले नहटाए डोजरै लगाएर हटाउन आफूहरु पछि नपर्ने महानगरका नक्सा शाखा प्रमुख रामसेवक महतोले बताए ।

महानगरपालिकाका मेयर राजेशमान सिंहले झण्डै ४ विगाहा क्षेत्रफलमा फैलिएको जग्गा खुम्चिएर १५ कट्ठामा सिमित भएको भन्दै पोखरीको सबै जग्गा फिर्ता ल्याउन अतिक्रमण गरेर बनेका संरचना हटाउन सुरु गरिएको जानकारी दिए ।

महानगरका अनुसार आदर्शनगरस्थित हरिखेतान बहुमुखी क्याम्पस अगाडि पोखरीको जग्गा चार बिघा १३ कट्ठामा फैलिएको थियो । तर, स्थानीयले अतिक्रमण गरी निजी भवन र अस्पताल बनाउन थालेपछि पोखरी खुम्चिएर १५ कट्ठामा मात्रै समेटिन पुगेको छ ।
अहिले पोखरी रहेको स्थानमा यसअघिका मेयर विजय सरावगीले चिल्ड्रेन पार्क निर्माण गरेर अतिक्रमणलाई आधिकारीकता दिने काम गरेको स्थानीयको आरोप छ ।

Related posts

दुर्गाभवानीको मूर्ती सेलाउने क्रममा पर्साको गण्डक नहरमा डुबेर एक किशोरको मृत्यु

MadhesKhabar

सिमरा घटनापछि बाराका एसपी तामाङ हेडक्वाटर तानिए,अब बारामा आउने एसपी काे ?…

MadhesKhabar

बाराकाे चिलझप्टीका आगलागी पिडितलाई राहत वितरण

MadhesKhabar

Leave a Comment