Madhes Khabar
राजनीति हेडलाइन

पर्सा १ मा प्रदीप यादव प्रतिको आकर्षण बढ्दै, पूर्व वडाध्यक्ष ग्यासुदीन मियाँ जसपा प्रवेश

मधेसखबर
वीरगन्ज ,०६ असाेज : वीरगन्ज महानगरपालिका वडा नम्बर २२ का पूर्व वडा अध्यक्ष ग्यासुदीन मियाँ जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन् ।

मियाँलाई आइतबार पूर्वमन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले जसपा प्रवेश गराएका हुन् ।

वीरगन्जमा आयोजित एक अनौपचारिक कार्यक्रम बिच मियाँलाई जसपाको राजनीतिक समिति सदस्य समेत रहेका यादव र सिंहले फूलमाला लगाएर पार्टीमा भित्र्याएका हुन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा तत्कालिन सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचित मियाँ गत स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेसका द्वारिका महतोसँग पराजित भएका थिए ।

जसपा प्रवेश गरेका मियाँले आफ्नो पूरानो घर फिर्ता आएको बताएका छन् । केही दिनका लागि बाटो बिराएर अन्यत्र गएपनि पुन: आफ्नो घर फिर्ता भएको मियाँले बताए । ‘केही दिनको लागि बाटो बिराएर अन्यत्र पुगेको थिए, आज पुन: आफ्नो घर फिर्ता हुँदा खुसी लागेको छु,’ मियाँले भने ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मुखमा आएर मियाँको प्रवेशले जसपालाई फाइदा हुने देखिएको छ ।

Related posts

मेयर सिंह भन्छन् : म पाँच वर्ष कुर्दिन, तीन वर्ष भित्रै गरेर देखाउँछु

MadhesKhabar

ठोरीमा खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री यादवले भने :मधेसमा पानीको समस्या छिट्टै समाधान गर्छौ

MadhesKhabar

वीरगन्जबासीलाई करकाे दायरामा ल्याउन महानगरले सुरु गर्‍याे अभियान,मेयर सिंह आँफै घरघर र पसलमा पुग्दै

MadhesKhabar

Leave a Comment