Madhes Khabar
समाचार हेडलाइन

पर्साको सिडिओ अफिसमा अख्तियारको छापा , घुस सहित एक कर्मचारी पक्राउ

मधेसखबर
वीरगन्ज,३१ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्सामा छापा मारेर घुस रकम सहित एक कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत कम्प्युटर अपरेटर सन्जय प्रसाद यादव रहेका छन् ।उनको साथबाट सेवाग्राहीसंग लिएको घुस बापतको पाँच हजार रुपैया बरामद भएको अख्तियारले जनाएको छ ।

हेटौडा स्थित अख्तियारको क्षेत्रीय कार्यालयबाट डिएसपी हेम केसीको नेतृत्वमा खटिएको टोलीले सोमबार जिल्ला प्रशासन कार्यालय पर्साको मुद्दा शाखामा छापा मारेको थियो । त्यसक्रममा जग्गाको रोक्का फुकवा गरिदिने कामका लागि एक जना सेवाग्राहीसंग घुस बापत पाँच हजार रुपैया लिदै गरेको अवस्थामा अख्तियारले यादवलाइ पक्राउ गरेको हो ।

सेवाग्राहीसँग घुस बापत माग गरेको पाँच हजार रुपैया सहित यादवलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले पनि बताए । उनका अनुसार अख्तियारको टोलीले मुद्दा शाखाका कागजातहरु परीक्षण गरेको थियो ।

घुस रकम सहित पक्राउ परेका यादवलाइ आवश्यक अनुसन्धान र कारबाहीका लागि अखित्यारको टोलीले हेटौडा नै लिएर लगेको उनले बताए ।

Related posts

नारायणी अस्पतालमा बिग्रिएर थन्किएका ३ करोड बढीका मेसिनहरु आविष्कार केन्द्रले बनाई दियो

MadhesKhabar

वीरगन्जको सुगौलीविर्तामा गाईको बाच्छा काटेर खानेलाई कारबाही गर्न स्थानीयले प्रहरीमा दिए उजुरी

MadhesKhabar

सर्लाहीमा एक युवकको हत्या

MadhesKhabar

Leave a Comment