Madhes Khabar
राजनीति

पर्साकी उषादेवी थरुनी एमालेबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार

काठमाडौं,२२पुष:राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेकपा एमालेले सातै प्रदेशबाट उम्मेदवारको टुंगो लगाएको छ । निर्वाचन हुन लागेका १९ वटै सिटमा एमालेले उम्मेदवारी दिने भएको छ ।

जसअनुसार,मधेस प्रदेशमा महिलाबाट पर्साकी उषादेवी थरुनीलाई एमालेले उम्मेदवार बनाएकाे छ।थरुनी पर्साकाे जिराभवानी गाँउपालिकाकी पुर्व उपाध्यक्षपनि हुन् । मधेसबाटै एमालेले महाेत्तरीका डा. अर्जुनकुमार सिंह राजपुतलाई उम्मेदवार बनाउने निर्णय गरेकाे एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए।

उनका अनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर) तथा बनाउने निर्णय भएको छ ।

त्यस्तै, बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता-अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं) र दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ)लाई एमालेले उम्मेदवार बनाएको छ ।

त्यस्तै, गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा), अपाङ्गता-अल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ) तथा लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ) र अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा)लाई उम्मेदवार बनाएको छ ।

कर्णालीमा महिलातर्फ विमलाकुमारी शाही (हुम्ला), अन्यतर्फ डिल्लीप्रसाद भट्ट (मुगु), दलिततर्फ हिक्मत विक (दैलेख) र सुदूरपश्चिममा महिलातर्फ सावित्रादेवी घिमिरे (कैलाली), अन्यतर्फ ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गता-अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली)लाई एमालेले उम्मेदवार बनाएको छ ।

Related posts

बाराका संविधानसभा सदस्य गुप्ता र पूर्व प्रदेशसभा सदस्य साह जसपा छाडेर जनमत पार्टीमा प्रवेश

MadhesKhabar

अशोक राईको जसपा र राजेन्द्र महत्तोको राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता

MadhesKhabar

पर्सा ४ मा काँग्रेसका रिजालको शुरुवाती अग्रता

MadhesKhabar

Leave a Comment