Madhes Khabar
राजनीति

पर्सामा भाेलि हुने ओलीकाे कार्यक्रममा ५ हजार बढीले पार्टी प्रवेश गर्ने एमालेकाे दाबी

वीरगन्ज,१३पुस:पर्साकाे सखुवा प्रसाैनी गाँउपालिकाकाे ओैराहा पचगावामा भाेलि(आइतबार) प्रधानमन्त्री केपी शर्मा ओलीकाे प्रमुख आतिथ्यतामा हुने कार्यक्रमकाे सम्पूर्ण तयारी पूरा भएकाे छ।

शनिबार नेकपा एमाले पर्साले वीरगन्जमा पत्रकार सम्मेलन गरेर एमालेअध्यक्ष एवं प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा आईतबार हुने बृहत पार्टी प्रवेश कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।

पत्रकार सम्मेलनमा एमाले पर्साका अध्यक्ष शर्माले पार्टी प्रवेश कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिए ।आइतबार बिहान ११ बजेदेखि सुरु हुने पार्टी प्रवेश कार्यक्रममा करिब २५ हजार जनाको उपस्थिती हुने र ५ हजार नेता कार्यकर्ता पार्टी प्रवेश गर्ने अध्यक्ष शर्माले जानकारी दिए ।

कार्यक्रमका लागि मञ्च व्यवस्थापन, शान्ति सुरक्षा लगायतको तयारी पनि सम्पन्न भएको पत्रकार सम्मेलनमा एमाले मधेस प्रदेशका उपाध्यक्ष विचारी यादवले जानकारी दिए । यादवले कार्यक्रमलाई ऐतिहासिक बनाउन पर्सा जिल्ला कमिटी र मधेस प्रदेश कमिटी जोडतोडले लागि परेको बताए ।

नेकपा एमाले मधेस प्रदेशका ईन्चार्ज लिला श्रेष्ठले प्रधानमन्त्री ओलीको उपस्थितीमा हुने कार्यक्रमलाई भव्य रुपमा सफल पार्न बारा र पर्साका सम्पूर्ण पालिकाबाट कार्यकर्ता सहभागिता जनाउने हुने दाबी गरे ।

पत्रकार सम्मेलनमा नेपाल सरकारका संघिय मामिला तथा समान्य प्रशासन मन्त्री राजकुमार गुप्ता,नेकपा एमालेका केन्द्रीय सदस्य प्रभु हजरा,एमाले मधेस प्रदेशका अध्यक्ष चन्देश्वर मण्डल,उपाध्यक्ष विचारी यादव,निर्मला देवकोटा ,नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जारा लगायतको उपस्थिती थियो ।

Related posts

प्रचण्ड–माधवको पार्टी नेकपाका तर्फबाट पर्साका चार वटै क्षेत्रका यी हुन् उम्मेदवार

MadhesKhabar

सिमरामा आजपनि जेनजी युवाहरुको प्रदर्शन सुरु : कुटपिट गर्ने एमाले कार्यकर्तालाई कारबाही गर्न माग

MadhesKhabar

मतदातालाई भेट्दै एमाले उम्मेदवार यादवले भने : चुनावी मौसममा मात्र देखिने नेतासंग सजग रहनु होला

MadhesKhabar

Leave a Comment