Madhes Khabar
राजनीति हेडलाइन

देशभरी नै सत्ता गठबन्धनको लहर छ , फेरि पनि सरकार गठबन्धनकै बन्छ : श्रेष्ठ र सोनल

मधेसखबर
वीरगन्ज, १८ कार्तिक : बारा क्षेत्र नम्बर ४ मा सत्तागठबन्धनले शुक्रबार देखि चुनावी प्रचार प्रसारलाई थप आक्रमक बनाएको छ ।
गठबन्धनबाट प्रतिनिधीसभा सदस्यमा नेकपा एकिकृत समाजवादीका उम्मेदवार किसान श्रेष्ठ र बारा ४ (ख) मा प्रदेशसभा सदस्यका लोसपा उम्मेदवार जितेन्द्र सोनलले घरदैलो , अगुवा नेता कार्यकर्ता र मतदाता भेटघाट र रात्रीसभा गर्दै चुनावी प्रचार प्रसारलाई तिब्र पारेका हुन् ।

यसैक्रममा दुवै उम्मेदवारले शुक्रबार बेलुकी फेटा गाँपालिकाको वडा नम्बर १ को त्रिवेणी टोलमा रात्रीसभा गरेका छन् । रात्रीसभालाई सम्बोधन गर्दै प्रतिनिधीसभा सदस्य उम्मेदवार श्रेष्ठले देशभरी नै गठबन्धन पक्षमा जनलहर रहेकाले आगामी निर्वाचनबाट फेरि गठबन्धनकै सरकार बन्ने ठोकुवा गरे । उनले बारा ४ मा पनि आफुहरु प्रति जनसमर्थन दिनहु बढ्दै गइरहेको र पाँच दली?य गठबन्धनले नै नागरिकता लगायत मधेसका बाँकी मुद्धाहरु सम्बोधन गर्ने भएकाले कुनै दुविधामा नपरि गठबन्धनलाई नै मत दिन मतदातासंग आग्रह गरे ।

यस्तै रात्रीसभालाई सम्बोधन गर्दै बारा ४ (ख)का प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्र सोनलले आफुलाई मधेसको मसिहा भनाउदो दलले केहि सिट बढि पाउने लोभमा मधेस विरोधी एमालेको काखमा गएर लुटपिटएकाले मधेसी जनता माझ उसको चरित्र उदाङ्गीएको बताए । उनले भने ,‘ जब जब सत्ताको अवसर आयो तब तब जसपाले मधेसको मुद्धा बिर्सिएर सत्ताको साझेदार बनेको छ , यसपालिको चुनाव मापनि उसले आफनो असली रुप देखाएर मधेस विरोधी एमालेसंगै साँठगाँठ गरेको छ ।

नागरिकता विधेयक एमालेकै इशारा र निर्देशनामा राष्ट्रपतिले प्रमाणीकरण नगरेको छर्लङग रहेको बताउदै सोनलले भने ,‘ त्यहि मधेस विरोधी एमालेको हितैषी अहिले जसपा बनेको छ , अब उसका उम्मेदवार कुन मुख लिएर मधेसीसंग भोट माग्न आउदैछन् ? जनताले यो प्रश्न जसपाका उम्मेदवारसंग गरिरहेका छन् ।

रात्रीसभामा लोसपा , नेकपा एस , काँग्रेस, माओवादी केन्द्रका नेता कार्यकर्ताले पनि सम्बोधन गरेका थिए ।

 

Related posts

वीरगन्न्जमा कांग्रेसले मधेस प्रदेशस्तरीय दुई दिने प्रशिक्षण कार्यक्रम गर्दै

MadhesKhabar

वीरगन्जका निजी विद्यालयका लागि १० बुँदे निर्देशन जारी,पालना नगरे महानगरले लाइसेन्स नै रद्ध गर्ने

MadhesKhabar

आशा जगाउँदै वीरगन्ज कृषि औजार कारखाना

MadhesKhabar

Leave a Comment