Madhes Khabar
शिक्षा हेडलाइन

चाडपर्वमा पनि तलबभत्ता नपाउदा पर्साका शिक्षकहरु समस्यामा

प्रमाेद यादव
वीरगन्ज,०१ कात्तिक: पर्साको पटेर्वा सुगौली गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा निजीस्रोतमा कार्यरत शिक्षकहरुले तलबभत्ताकाे माग गर्दै पालिकामा ज्ञापनपत्र बुझाएका छन् ।

चाडबाडका बेला पनि ३ महिना देखि तलबभत्ता नपाएकाे भन्दै उनिहरुले साेमबार गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवलाई ज्ञापनपत्र बुझाएका छन् ।

विना सूचना गत साउन देखी असोज सम्म पालिकाले तलब भत्ता रोकिदा शिक्षकहरु समस्यामा परेकाे नेपाल शिक्षक महासंघकाे पटेर्वा सुगौली कार्य समिति अध्यक्ष हरिराज प्रसाद यादवले वताए | ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकिय अधिकृत यादवले निष्ठापूर्वक विधालयमा काम गरेका निजी स्रोत शिक्षकहरुको पारिश्रमिक गाउँकार्यपालिका र सरोकारवालासंग पहल गरेर दिने प्रतिकृया दिए | साथै पालिका अन्तर्गत कार्यरत कार्यालय सहयोगीहरुको तलब वृद्धि गर्न समेत ज्ञापनपत्रमा मांग गरिएको नेपाल शिक्षक संघ कार्य समिति अध्यक्ष यादवले वताए |

Related posts

रास्वपाको चुनावी वाचापत्र अनुसार नै विद्यार्थी संगठनहरु खारेज गरिएको हो : शिक्षामन्त्री पोखरेल

MadhesKhabar

ब्रिटिश फौजलाई गोर्खालीले हराएको ऐतिहासिक युद्धस्थल पर्सागढीमा सेनाको निःशुल्क स्वास्थ्य शिविर

MadhesKhabar

वीरगन्जसहित देशभरका निजी विद्यालयको थप आन्दोलन : अनिश्चितकालीन बन्दसम्मको घोषणा

MadhesKhabar

Leave a Comment