Madhes Khabar
राजनीति

नेविसंघको केन्द्रीय सदस्यमा पर्सा र बाराबाट १८ जना मनाेनित

वीरगन्ज ,२३साउन : नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल विद्यार्थी संघकाे केन्द्रीय सदस्यमा पर्साबाट ९ जना मनाेनित भएका छन् ।

साेमबार कांग्रेस सभापति शेर बहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको केन्द्रीय समितिकाे तदर्थ कार्य समितिमा पर्साबाट ९ जनालाई मनाेनित गरेका हुन् ।

पर्साबाट नेविसंघको केन्द्रीय सदस्यमा मनाेनित हुनेहरुमा मुनराज तिवारी, विकेश पटेल,सुरेन्द्र लामिछाने , राजेश पटेल,सुदिप साह, साबिर हुसेन,नेहा मिश्र, युसुप अहमत र त्रिलाेक्य साह रहेका छन् ।

यस्तै बाराबाट पनि नेविसंघको केन्द्रीय सदस्यमा ९ जना मनाेनित भएका छन् ।

बाराबाट नेविसंघको केन्द्रीय सदस्यमा मनाेनित हुनेहरुमा निजामुदिन समानी, रिता रिजाल,शिव कुमार चाैधरी,पुरन तिमल्सिना, हृदयराज मिश्र,हरिओेम साह,विकल्प भट्टराई , राजकिशाेर साह र विनाेद साह रहेका छन् ।

कांग्रेस सभापति देउवाले नेविसंघको केन्द्रीय सदस्यमा देशभरबाट ७१० जनालाई मनाेनित गरेकाे कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पाैडेलले जानकारी दिए ।

Related posts

पर्सामा जसपाभित्रकाे विवाद छताछुल्ल, समानान्तर जिल्ला समिति गठन

MadhesKhabar

वीरगन्जमा गगन थापाको गर्जन : टिकट किनेर उम्मेदवार बनेकाहरु आँफुलाई नयाँ भन्दै उफ्रिएका छन्

MadhesKhabar

सरकारका प्रवक्ता भन्छन् : लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भू–भाग हो

MadhesKhabar

Leave a Comment