Madhes Khabar
राजनीति हेडलाइन

पर्सामा जसपाभित्रकाे विवाद छताछुल्ल, समानान्तर जिल्ला समिति गठन

वीरगन्ज,१०असाेज: पर्सामा जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र दुई गुटबिच लामाे समयदेखि चल्दै आएकाे विवाद छताछुल्ल भएकाे छ ।

पर्सामा गत निर्वाचनदेखि जिल्ला नेतृत्वको विषयलाई लिएर दुई गुटमा विभाजित नेताहरुबिच चर्काे विवाद चल्दै आएकाेमा बुधबार समानान्तर जिल्ला कार्यसमिति नै गठन भएकाे छ ।

पर्सामा जसपाभित्र जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव , पुर्व मुख्यमन्त्री लालबाबु राउत लगायतका नेताहरुकाे एक गुट छ भने अर्काे गुटकाे नेतृत्व जसपाका प्रमुख सचेतकसमेत रहेका प्रतिनिधि सभा सदस्य प्रदीप यादवले गरिरहेका छन् । यादवकाे गुटमा जसपाका केन्द्रीय सदस्य समेत रहेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ लगायतका छन् ।

बुधबार वीरगन्जको अनमाेल पार्टी प्यालेशमा सांसद यादवकाे प्रमुख आतिथ्यतामा आयाेजित नेता कार्यकर्ताहरुकाे भेलाले सिंघासन साह तेलीकाे अध्यक्षतामा जसपाकाे समानान्तर जिल्ला कार्यसमित गठन गरेकाे हाे । तेली, बहुदरमाई नगरपालिकाका मेयर पनि हुन् ।

उक्त जिल्ला कार्यसमितिकाे उपाध्यक्षमा ग्यासुदिन मियाँ , अजय चाैरसिया र मिथिलेश सिंह ,सचिवमा उमेशलाल सहनी , सहसचिवमा सुशील साह कानु, सुनिल कुशवाहा र नुर आलम अन्सारी , काेषाध्यक्ष प्रेमकुमारी सिंह, सदस्यमा असलम आलम, अजय सर्राफ, बैजुलाल स्वर्णकार, नेक महम्मद अन्सारी , सुनिता शर्मा, सुरज मानन्धर ,खैरुदिन मियाँ र प्रतिमा सिंह रहेका छन् ।

जसपाका प्रमुख सचेतक एंव सांसद प्रदीप यादवले रामनरेश यादव अध्यक्ष रहेकाे जिल्ला तदर्थ समितिकाे वैधानिकता सकिएपछि बुधबार नेता कार्यकर्ताकाे भेलाबाट तेलीकाे अध्यक्षतामा जसपाकाे जिल्ला कार्यसमिति पुनर्गठन गरिएकाे बताए ।उनले भने,यादव अध्यक्ष रहेकाे समिति तदर्थ समिति थियाे, उक्त तदर्थ समितिकाे वैधानिकता बढीमा ६ महिनामात्रै थियाे । तर वर्ष बित्दासमेत तदर्थ समितले न त जिल्ला अधिवेशन गरेर नयाँ जिल्ला समिति गठन गर्न सक्याे न समितिलाई नै पुर्णता दिन सक्याे ।त्यसकारण बुधबार जिल्ला कार्यसमिति पुनर्गठन गरिएको हाे ।याे नै वैधानिक जिल्ला कार्यसमिति हाे । समानान्तर समिति हाेइन ।

यसअघिको जिल्ला तदर्थ समितिका अध्यक्ष र सचिवलाई अरु दलकाे दलाल भएकाे आराेप लगाउँदै यादवले भने, ती दुई जनाले नै पर्सामा पार्टीलाई धराशायी बनाएका हुन् ।

बुधबार तेलीकाे अध्यक्षतामा समानान्तर जिल्ला कार्यसमिति गठन भएपछि जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवले भने बुधबार नै अपरान्ह एक विज्ञप्ति जारी गरेर तेलीकाे अध्यक्षतामा गठित समिति अवैधानिक रहेकाे बताएका छन् ।जिल्ला सचिव तबरेज अहमदकाे समेत हस्ताक्षर रहेकाे उक्त विज्ञप्तिमा पार्टी संगठन भताभुङ्ग पार्ने, अराजक प्रवृति र व्याक्तिवादी चिन्तन भएका, पटक पटक पार्टीकाे नीतिनियम विरुद्धको कार्य गर्दै आएका व्याक्तिहरुकाे साेचमा परिवर्तन नदेखिनु पार्टीको लागि आत्मघाती भएकाे यादवले टिप्पणी गरेका छन् ।

Related posts

पर्सागढी विजय महोत्सव यसपालि पनि आयोजना हुँदै

MadhesKhabar

तयार भयाे घण्टाघर

MadhesKhabar

बारा २ मा हाम्रो मुख्य प्रतिस्पर्धी उपेन्द्र यादव नै हो : सिके राउत

MadhesKhabar

Leave a Comment