Madhes Khabar
राजनीति

रास्वपा बैठक : उपनिर्वाचनमा गठबन्धन नगर्ने, बारा–२ मा पनि उम्मेदवारी दिने

काठमाडौं,१०चैत : राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ ।
राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई मतदान गरेर सत्ता गठबन्धनमा सामेल भएको रास्वपाले गठबन्धन गरेर उम्मेदवारी दिन सक्ने चर्चा भइरहेका बेला शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले भने उपनिर्वाचनमा एकल उम्मेदवारी उठाउने निर्णय गरेको हो ।

रास्वपाका प्रवक्ता मुकुल ढकालले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा पार्टीले अन्य दलसँग गठबन्धन नगरी उम्मेदवारी दिने निर्णय गरेको बताए । आगामी वैशाख १० मा तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुँदैछ ।

‘हामीले उपनिर्वाचनमा अन्य दलसँग गठबन्धन नगर्ने निर्णय गरेका छौँ । तर तीनवटै क्षेत्रमा हाम्रो उम्मेदवारी हुन्छ,’ ढकालले भने, ‘उपनिर्वाचनका लागि दल दर्ता गर्ने र उम्मेदवार छनौटका लागि प्रक्रिया अघि बढाउने समेत निर्णय भएको छ ।’

बैठकले उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । बैठकले तनहुँमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, चितवनमा उपसभापति डोलप्रसाद अर्याल र बारामा केन्द्रीय सदस्य गणेश कार्की नेतृत्वमा निर्वाचन परिचालन समितिसमेत गठन गरेको छ ।साभार : कान्तिपुर

Related posts

जसपा नेपालका विन्दवासिनी गाँउपालिका अध्यक्ष लगायतका नेताले पनि छाडे पार्टी, जसपामा प्रवेश

MadhesKhabar

नेविसंघले पर्साका १४ वटै पालिकामा खटायो प्रतिनिधी

MadhesKhabar

लोसपाका जिल्ला अध्यक्ष रामचन्द्र पडित्तसहित १५० जना नेपाली कांग्रेसमा प्रवेश, क्षेत्र नं. ४ मा रिजालको अभियानलाई ठूलो बल

MadhesKhabar

Leave a Comment