Madhes Khabar
राजनीति

गणेशमान सिंहको स्मृति दिवसमा कांग्रेसद्वारा वीरगन्जमा “प्रवचन” कार्यक्रम

वीरगन्ज ,२असाेज: जनआन्दोलनका सर्वोच्च कमाण्डर स्व. गणेशमान सिंहको २६ औँ स्मृति दिवसमा नेपाली कांग्रेस पर्साले मंगलबार प्रवचन कार्यक्रम गरेकाे छ ।

वीरगन्जस्थित कांग्रेस पार्टी कार्यलयमा आयाेजित “प्रबचन” कार्यक्रममा कांग्रेस पर्साका सभापति एंव प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्रीले नेपालकाे प्रजातान्त्रिक आन्दाेलनमा स्व. गणेशमान सिंहकाे याेगदान अतुलनीय रहेकाे बताए ।

मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा सिंहले वीरगन्जमा समेत आएर संघर्ष गरेकाे उनले बताए । देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहेकाे उनले बताए ।

कांग्रेस पर्साका उप-सभापति रामनारायण कुर्मीले लौह पुरुष गणेशमान सिहं नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेकाे बताए ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता श्याम पोखरेलले निष्ठा,त्याग र साहसका प्रतिमूर्ति, जनआन्दोलनका सर्वोच्च कमान्डर एवं प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा लौहपुरूष गणेशमान सिंह कडा स्वभाव र जुझारू व्यक्तित्वको रुपमा रहेको बताए ।

कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा भएकाे कार्यक्रममा कांग्रेस पर्साका उप-सभापति अशाेक गुप्ता,सचिव दिनेश कुमार चौधरी ,कोषाध्यक्ष प्रेम बहादुर थापा, सहसचिव नवीन सिंह, मदन यादव ,प्रवक्ता रमेश पाण्डे,नेपाल महिला संघ पर्साकी अध्यक्ष किरण शर्मा,पुर्व मेयर लोक नारायण यादव ,दिना प्रसाद गुप्ता,ने.वि.संघका केन्द्रिय सदस्य सुरेन्द्र लामिछाने,नेहा मिश्र,नेपाल तरुण दलका नेता विवेक चौरसिया,नेपाल तरुण दल पर्साका अध्यक्ष विकास तिवारी,नेबि संघ पर्साका सभापति रमेश यादव,ठाकुर राम बहुमुखी क्याम्पसका ईकाइ सभापति मनोज कुमार साह,युवा नेता दिलिपराज कार्की,सजाद हुसेन,सरोज चौरसिया लगायतकाे सहभागीता थियाे ।

कार्यक्रमको सहजिकरण नेपाली कांग्रेस पर्साका सचिव तथा बिरगन्ज महानगरपालिकाका उप-मेयर इम्तियाज आलमले गरेका थिए ।

Related posts

नागरिकता मुद्धाका लागि अदालत सम्म लडेको हुँ ,यो समस्या समाधान गरेरै छाड्छु– प्रदीप यादव

MadhesKhabar

बारा–४ मा रास्वपाका रहबर अन्सारीको अग्रता दाबी, परिवर्तनको पक्षमा जनमत रहेको भनाइ

MadhesKhabar

रास्वपाले जित्यो प्रत्यक्षमा ७६ प्रतिशत सिट

MadhesKhabar

Leave a Comment