Madhes Khabar
राजनीति

पदभार ग्रहणसंगै नवनियुक्त मुख्यमन्त्री सोनलको पहिलाे निर्णय : `हेल्लो सिएम´ कार्यक्रमलाई निरन्तरता

वीरगन्ज,३०असाेज: मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पदभार ग्रहणपछि हेल्लो सिएम कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेका छन्।

बिहीबार पदभार ग्रहणसँगै उनले हेल्लो सिएम कार्यक्रमलाई निरन्तरता दिने निर्णय गर्दै जनताको भावनालाई कदर गर्ने काम पहिलो प्राथमिकतामा राखिने बताए ।

उनले बाँकी निर्णयहरू मन्त्री परिषद्बाट हुने र जानकारी गराइने बताए।उनले तत्काल जनताको आवाज, गुनासो र भावना समेटिने कार्यक्रम हेल्लो सिएमलाई निरन्तरता दिने निर्णयमा हस्ताक्षर भएको बताए ।

आफ्नोे नेतृत्वको सरकारमा कुनै पनि किसिमको अन्यौलता, हेलचक्राई र लापरबाही नहुने समेत उनले बताए । जनताको भावनाको कदर, सुशासन र विकासमा अग्रसरता लिने बताए ।

त्यसअघि मुख्यमन्त्री सोनलले आफ्ना नवनियुक्त मन्त्रीहरूसहित जनकपुरधामको मुजेलियास्थित शहीद गेट पुगेर शहीदहरूप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गरे।

Related posts

जसपाले बाबुरामलाइ हटाएर अशोक राइलाइ बनायो संघीय परिषद अध्यक्ष

MadhesKhabar

भ्रष्टचारी दल र नेताबाट देशलाई मुक्त पार्न राप्रपालाई जिताउन साहको आग्रह

MadhesKhabar

मधेसकाे मुख्यमन्त्रीमा एमालेका यादव नियुक्त

MadhesKhabar

Leave a Comment