Madhes Khabar
शिक्षा हेडलाइन

पर्साको गर्दौलमा रहेको दलित विद्यालयको जीर्ण भवन परोपकारी संस्थाले गरि दियो पुर्ननिर्माण

वीरगन्ज,२७फागुन :पर्साको विवन्दबासिनी गाँउपालिका वडा नम्बर १ गर्दौलमा अवस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयको पूरानो जीर्ण भवन एक परोपकारी संस्थाले पुर्ननिर्माण गरिदिएको छ ।

विद्यालयको चार कोठे जीण भवन लक्ष्मी सनराइज बैंक अन्तरगत रहेकाे लक्ष्मी केयर संस्थाले पुर्ननिमांण गरिदिएको हो । उक्त संस्थाले पुरानो जीर्ण भवन पुर्ननिर्माण गर्नुका साथै रंगरोगसमेत गरी चिटिक्क पारेर बुधबार विद्यालयलाई हस्तान्तरण गरेको छ । बुधबार विद्यालय परिसरमै आयोजित कार्यक्रममा पुर्ननिर्माण गरिएको विद्यालय भवनको संस्थाका अध्यक्ष अनुप श्रेष्ठ, बिन्दवासिनी गाँउपालिकाका अध्यक्ष प्रमोद तिवारी र विद्यालयका प्रधानाध्यापक अकलेश जैसवालले संयुक्त रुपमा उद्घाटनपनि गरेका छन् ।

उदघाटन कार्यक्रममा वडाध्यक्ष अक्षयला महतो, संस्थाका पदाधिकारी, विद्यालयका शिक्षकशिक्षिका, अभिभावक, विद्यार्थी लगायतकाकोपनि उपस्थिती थियो ।

 

Related posts

पर्साको प्रसिद्ध धार्मिकस्थल रामभौरी भाठा धाममा तीन दिने भव्य मेला सुरु

MadhesKhabar

हरेक वडाको सार्वजनिक स्थानहरुमा सरकारी धारा जडान गर्दै वीरगन्ज महानगर

MadhesKhabar

वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कर्जाको ब्याजदर पनि सामान्य घट्ने

MadhesKhabar

Leave a Comment