Madhes Khabar
स्वास्थ्य

पुर्ण खोप सुनिश्चितता विषयक अद्यावधिक गोष्ठी सम्पन्न

वीरगन्ज, १४ असार : स्वास्थ्य कार्यालय पर्साको आयोजनामा पुर्ण खोप सुनिश्चितता तथा सरसफाइ प्रबद्र्धनको लागि रणनीति तयारी तथा सुक्ष्मयोजना अद्यावधिक गोष्ठी सम्पन्न भएको छ ।

दुई चरण्मा सञ्चालन गरिएको गोष्ठीमा वीरगन्ज महानगरपालिकाका ३२ वटै वडाका स्वास्थ चौकी तथा स्वास्थ्य संस्थाका प्रमुखहरुलाई सहभागी गराइएको थियो ।पहिलो चरणको गोष्ठीमा महानगरको वडा नम्बर २६ देखि ३२ र दोस्रो चरणमा वडा नम्बर १ देखि २५ सम्मका स्वास्थ्यकर्मीहरु सहभागी भएका थिए ।

गोष्ठीमा सबै स्वास्थ संस्थाहरुले खोप तथा खोपजन्य समाग्रीको लागि सुक्ष्मयोजना तयार गरे÷नगरेको बारे छलफल गर्नुका साथै स्वास्थ्य संस्था प्रमुखहरूले खोपको प्रगति विवरण प्रस्तुतपनि गरेका थिए ।

उपभोगको समस्या समाधानको लागि स्वास्थ्य कार्यालय पर्साका खोप कोल्ड चेन अधिकृत मोहनलाल साहले आगामी अर्थिक वष देखि खोप तथा खोपजन्य समाग्री समयमै आपूर्ति गर्ने निर्णय गरिएको बताए ।

यस्तै पर्सा जिल्लाका १४ वटै पालिकाका १२० जना स्वास्थ्यकर्मीहरुलाईपनि खोपको आधारभूत तालीम ,खोप कार्यक्रममा संग्लन ३८० जना स्वास्थ्यकर्मी सरसफाइ प्रबद्र्धन तथा सुक्ष्मयोजना बारे तालिम दिइएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।

पर्साका सबै १४ वटा पालिकाका ११४ वटा स्वास्थ्य संस्थाका प्रमुखहारुका लागि विभिन्न चरणमा सञ्चालित पुर्ण खोप सुनिश्चितता र सुक्ष्मयोजना बारेको तालिम तथा गोष्ठी बिहीबार आज सम्पन्न भएको स्वास्थ्य अधिकृत ठाकुरले बताए ।

समापन कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवल किशोर साहले खोप कार्यक्रममा हुने समस्या अब अन्त्य हुने भन्दै स्वास्थ्यकर्मीहरुलाई आ आफ्नो जिम्मेवारी राम्रोसंग निर्बाह गर्ने निर्देशन दिए ।

Related posts

चुनावी वाचा पुरा गर्दै मेयर सिंह : घरदैलोमै डाक्टर र ल्याब सहितको निशुल्क उपचार सेवा

MadhesKhabar

श्रीराम हस्पिटलमा रक्तदान कार्यक्रम, ५२ पोका रक्त संकलन

MadhesKhabar

पर्सामा सबैभन्दा बढी एचआइभी संक्रमित वीरगन्ज महानगरमा

MadhesKhabar

Leave a Comment