Madhes Khabar
स्वास्थ्य

आँखा,कान,नाक,घाँटी र मुखको प्राथमिक उपचार बारे पर्साका स्वास्थ्यकर्मीलाई दिइयो तालिम

वीरगन्ज,४असारःस्वास्थ्य कार्यालय पर्साको आयोजनामा स्वास्थ्यकर्मीहरुका लागि आँखा,कान,नाक,घाँटी र मुखको रोग सम्बन्धि प्राथमिक उपचार बारे तीन दिने अभिमूखीकरण कार्यक्रम वीरगन्जमा सम्पन्न भएको छ ।वीरगन्जको क्लासिक बेंक्वेटमा गत सोमबारदेखि सुरु भएको अभिमूखीकरण कार्यक्रम बुधबार सकिएको हो ।

उक्त कार्यक्रममा पर्साको वीरगन्ज महानगरपालिका,पर्सागढी र बहुदरमाई नगरपालिकामा रहेका सरकारी स्वास्थ्य संस्थाबाट गरी ३६ जना स्वास्थ्यकर्मीहरुको सहभागीता थियो । सहभागी स्वास्थ्यकर्मीहरुलाई आँखा,कान,नाक,घाँटी र मुखमा हुने स्वास्थ्य समस्याहरुको प्रकार,रोग लाग्ने कारण, त्यसको उपचार र त्यसबाट बच्ने उपायका बारेमा प्रशिक्षण दिइएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।

कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरुलाई डा. मनोज उपाध्याय,डा.दीपक चौरसिया,डा. हरिकान्त साह,डा. सुमन खत्री, जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर, राजेश रौनियार लगायतकाले प्रशिक्षण दिएको स्वास्थ्य कार्यालय पर्साकी जनस्वास्थ्य अधिकृत मल्लिका श्रेष्ठले जानकारी दिइन् ।

Related posts

परवानीपुरमा जनमत पार्टीद्वारा आयोजित निःशुल्क आँखा शिविरबाट ८६ जना लाभान्वित

MadhesKhabar

नारायणी अस्पतालसहित दशेभरका अस्पतालमा जनशक्ति थप्न सक्ने अवस्था अहिले छैन: स्वस्थ्यमन्त्री पौडेल

MadhesKhabar

जिल्लामा एचपिभि खोप कार्यक्रम भोलिदेखी सञ्चालन हुँदै

MadhesKhabar

Leave a Comment