वीरगन्ज,७ साउन : वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा जनमत पार्टीले आयोजना गरेको निःशुल्क आँखा शिविरबाट ८६ जना लाभान्वित भएका छन् । वीरगन्ज सामुदायिक आँखा केन्द्रको समन्वयमा आयोजित उक्त शिविरमा ८६ जनाको आँखा जाँच गरिएकोमा तीमध्ये १६ जनामा मोतियाबिन्दको समस्या देखिएको छ ।
उनिहरु सबैको वीरगन्ज सामुदायिक आँखा केन्द्रमा बिहीबार निःशुल्क शल्यकृया गरिने जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए । शिविरमा आएकाहरुको आँखा जाँच गरेर आवश्यक औषधि वितरणपनि गरिएको उनले बताए ।जनमत पार्टी पर्साको लोककल्याणकारी अभियान अन्तर्गत निःशुल्क शिविरको आयोजना गरिएको उनले बताए ।
जनमत पार्टीका नेता डा. मनोज सरार्फको अध्यक्षतामा सम्पन्न शिविरमा जनमत पार्टीका केन्द्रिय सदस्यहरु विद्यालाल प्रसाद, श्याम गुप्ता,नेताहरू हिरालाल राम,अरुण कुशवाहा, केन्द्रका सञ्चालक महेशििसंह धामी लगायतकाकोपनि उपस्थिती थियो ।

