Madhes Khabar
स्वास्थ्य

राष्ट्रिय बाल दिवसमा पटेर्वा सुगाैलीका ५ सय बालबालिकाकाे नि:शुल्क स्वास्थ्य परीक्षण

वीरगन्ज,२९भदाैं:६० ओैं राष्ट्रिय बाल दिवसकाे अवसरमा पर्साकाे पटेर्वा सुगाैली गाँउपालिकामा ५ सय जना बालबालिकाकाे स्वास्थ्य परिक्षण गरिएको छ।

पटेर्वा सुगाैली गाँउपालिकाकाे महिला तथा बाल विकास शाखाले आयाेजना गरेकाे नि:शुल्क शिविरमा बालबालिकाहरुकाे स्वास्थ्य परीक्षण गरिएको हाे।शिविरमा वीरगन्जका शिशु तथा बाल राेग विशेषज्ञ डाक्टर श्यामसुन्दर दास र डाक्टर सन्जय अग्रवालसहितका स्वास्थ्यकर्मीकाे टाेलीले बालबालिकाहरुकाे स्वास्थ्य जाँच गरेका थिए ।

आधारभूत अस्पतालमा आयाेजित शिविरमा निःशुल्क जाँचसंगै ओैषधि वितरणपनि गरिएको गाँउपालिका उपाध्यक्ष ममता महताे थारुले जानकारी दिइन्।

शिविरमा गाँउपालिका अध्यक्ष दिनेश चाैधरी,उपाध्यक्ष थारु,महिला तथा बाल विकास शाखा र स्वास्थ्य शाखाका कर्मचारी लगायतकोपनि उपस्थिति रहेको थियाे ।

Related posts

तराई र भवानी हस्पिटलको चरम लापरवाही : उपचारमा म्याद गुज्रिएका औषधीहरु प्रयोग गर्दै

MadhesKhabar

वीरगन्जका ग्रामीण वडामा स्वास्थ्य सेवा विस्तार गर्दै महानगर : लालपर्सामा पनि बर्थिंग सेन्टर सञ्चालन

MadhesKhabar

वीरगन्जको लालपर्सा स्वास्थ्य चौकीमा रगत,दिशा र पिसाबको जाँच हुने ल्याब सञ्चालन

MadhesKhabar

Leave a Comment