Madhes Khabar
स्वास्थ्य हेडलाइन

चिसो बढेसंगै पर्साको ग्रामीण भेगमा बिरामीको संख्यामा बृद्धि

प्रमोद यादव
पर्सा,१९मंसिर : पर्साको ग्रामीण क्षेत्रमा चिसो बढेसंगै स्वास्थ्य संस्थाहरुमा बिरामीको संख्या बढेको छ ।चिसो बढेसंगै भाईरल ज्वरो, रुघाखोकी,कोल्डडायरीया,निमुनिया लगायतका स्वास्थ्य समस्या भएका बिरामीहरुको संख्या बढेको स्वासथ्यकर्मीहरुले बताएका छन् ।

सखुवा प्रसौनी गाउँपालिकाको स्वस्थ्य शाखा प्रमुख राजेस रौनियारका अनुसार, पालिका भित्रका स्वास्थ चौकीहरुमा दिनहु १५० देखि २०० सम्मको संख्यामा बिरामीहरु उपचारका लागि आउने गरेका छन् । ती मध्ये ज्वरो ,रुघाखोकी, निमुनिया,झडापखालार चर्म रोगको विरामीहरु सबै भन्दा बढी रहेको उनले बताए ।

यस्तै चर्मरोग , उच्च रक्तचाप र महुमेहका बिरामीहरु पनि आउने गरेको उनले जानकारी दिए ।बिरामीको संख्या बढेसंगै स्वास्थ्य संस्थामा औषधीको अभाव भएको पनि उनले बताए ।

सखुवा प्रसौनी गाउँपालिका ४ की कलावती देवी माझीले मधुमेह, उच्च रक्तचाप र थाईराइडको औषधी स्वास्थ चौकीमा उपलब्ध नहुदा गरिब विपन्नहरु समस्यामा परेको गुनासो गरिन् ।

स्वास्थ्य शाखा प्रमुख रौनियारले भने उच्च रक्तचाप , मधुमेह र थाइराइड जस्ता दीर्घकालीन रोगको औषधी स्वास्थ्इ संस्थाबाट निशुल्क उपलब्ध हुने प्रावधान रहेको तर त्यस्ता समस्या भएका बिरामीहरु पनि आइरहेका कारण समस्या भएको बताए ।

Related posts

जसपाकाे केन्द्रीय कार्यकारिणी सदस्यमा मधेस प्रदेशबाट वीरगन्जका मेयर सिंह मनाेनित

MadhesKhabar

नारायणी अस्पतालमा कुरुवासंग प्रहरीको दुर्व्यवहार,अस्पतालमा पुगेर मेयर सिंहले लिए एक्शन

MadhesKhabar

वीरगन्जमा ५० रुपैयामै खाना खुवाउने भरेपट भोजनालय सहयोग नजुट्दा बन्द

MadhesKhabar

Leave a Comment