Madhes Khabar
स्वास्थ्य

पाेखरिया अस्पताल विकास समितिकाे अध्यक्षमा मेयर प्रदुमनका भाई उमेश नियुक्त

वीरगन्ज,२२साउन:पर्साकाे पाेखरिया नगरपालिका-४ पाेखरिया बजारमा अवस्थित प्रादेशिक अस्पतालकाे विकास समितिकाे अध्यक्षमा उमेश चौहान नियुक्त भएका छन्।मधेस प्रदेशकाे स्वास्थ्य मन्त्रालयले पाेखरिया अस्पतालकाे अस्पताल विकास समितिकाे अध्यक्षमा चाैहानलाई साउन २० गते नियुक्त गरेकाे हाे ।

नवनियुक्त अध्यक्ष चाैहानले पाेखरिया नगरपालिकाका मेयर प्रदुमन चाैहानका सहाेदर भाई हुन्।

नवनियुक्त अध्यक्ष चाैहानले बिहीबार पदभार सम्हालेका छन्।बिहीबार अस्पतालमा पुगेका उनलाई अस्पताल का स्वास्थ्यकर्मी र कर्मचारीले स्वागत गरेका थिए ।

यसअघि २०७२ सालमा पनि चाैहान पोखरिया अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएका थिए।

 

बिहीबार भएको अध्यक्ष चाैहानकाे पदभार ग्रहण कार्यक्रममा अस्पतालका मेसु डाक्टर आनन्द रौनियार,मेयर प्रदुमन चाैहान,पूर्व मेसु डाक्टर अनिल यादव,वडाध्यक्ष प्रमाेद गिरी,नेपाल रेडक्रस सोसायटी उपशाखाका सभापति भगवान प्रसाद कुर्मी, बृजेश दुबेदी, सन्जु दास लगायतको उपस्थिती रहेको थियो ।

Related posts

मोरङ कारागारका कैदीबन्दीहरुमा कोरोना संक्रमण फैलिएको पुष्टि

MadhesKhabar

सिएमए संघ पर्साकाे नयाँ कार्यसमिति चयन

MadhesKhabar

आफनै मन्त्रालयमा स्वास्थ्यमन्त्री यादवको छड्के अनुगमन

MadhesKhabar

Leave a Comment