मधेसखबर
जेठ २३ गते ,वीगंज ,मधेश प्रदेशका मुख्यमन्त्रि सतिस कुमार सिँहले एक कार्यक्रमलाई सम्बोधन गर्दै देश व्यापी रुपमा महिलाहरुको पाठेघरको मुखको क्यानसर सम्बन्धी निशुल्क स्वास्थ्य शिविर आयोजना गरेकोमा कल्प नामक संस्था र पर्साको पटेर्वासुगौली गाउँपालिकालाई धन्यवाद समेत दिएका छन् ।
कल्प नामक संस्थामा १८ वर्ष भन्दा माथि तर ३० वर्ष भन्दा कम उमेरका युवा युवतीहरु स्वस्फुर्त रुपमा महिलाहरुको स्वास्थ्य प्रती गाउँगाउँमा पुगेर गरेको योगदान बारे प्रशंसा गर्दै मुख्यमन्त्रि सिँहले झन् कुनै पनि दातृ निकाय वा राष्ट्रिय अन्राष्ट्रिय काही कतैबाट आर्थिक वा कुनै खालको सहयोग न लिएर आफै युवाहरु यसरी लागेको देख्दा औधी खुशी लागेको बताए ।
साथै एक फरक प्रसंगमा मधेश प्रदेशका मुख्यमन्त्रि सिँहले आफुले सपथ लिएको दिनदेखी संघीयता आएपछि केही हदसम्म नागरीकले आफ्नो अधिकार नजिकबाट महशुश गर्न पाएको दाबी गरेका छन् ।
उनले संघीयता आएपछि के भयो त भनेर पटक पटक प्रश्न उठीरहँदा संघीयतापछि जनजनले अपनत्व महशुश गरेको तथा नजिकबाट आफ्नो अधिकार प्राप्त गरेको दाबी गरे ।
संघीयताकै उपलब्धी हो की हालनिर्धक्क भएर प्रदेश र स्थानीय सरकारले थोरै भएपनि आफ्नो नागरीकका लागि केही गर्न सकेको दाबी गरे । लाई मात्र विकास मान्ने प्रवृतीलाई तथा त्यस्ता मानसिकतालाई त्यागी स्वास्थ्य , शिक्षा र कृषि क्षेत्रमा पनि सुधार गर्नुका साथै उचित विकास गर्न जरुरी छ ।
मुख्यमन्त्रि सिँहले सबै भन्दा बढी स्वास्थ्य क्षेत्रमा देखीएको विकृती विसंगतीलाई कम गर्न आफु नै अहोरात्र खटेर लागिपरेको बताए ।
उनले स्वास्थ्य संस्था, अस्पतालहरुमा छड्के चेकजाँच गर्ने क्रममा हालसम्म करीब १ सय ५० वटा भन्दा बढी अस्पतालहरुमा विभिन्न समस्याका कारण बन्द नै गराउनुपरेको बताउँदै हाल अभियान चलाउँदा आम मानिस तथा विरामीहरु पनि यसप्रती सचेत हुँदै गएको देख्दा खुशी लागेको बताए ।
साथै उनले संघीयता लागु भएपछि सबै राम्रै नभई केही विकृती पनि भित्रीएको र त्यही विकृती विसंगतीलाई हटाउने प्रयासमा आफु लागेको बताए । उनले भने हाल सबै भन्दा बढी स्वास्थ्य , शिक्षा र कृषि क्षेत्रमा ध्यान दिन आवश्यक रहेको छ । हामीले मात्रै भौतीक पुर्वाधार विकास गरेर केही हुन सक्दैन जब सम्म मधेश प्रदेशभरी स्वास्थ्य , शिक्षा र कृषिमा फड्को मार्न सकिएन भने त्यसैले हामीले कृषि विधुतीरकण , एसईईमा सुधार , लोक सेवा परीक्षा लगायतको पनि सुधार तर्फ लागेको उनको दाबी छ ।
कल्प इम्पावरमेन्ट वुमेन नेपालकी अध्यक्ष पुजा कोईरालाले समाजमा पहिला महिला नै सुरक्षित हुनुपर्ने कुरामा जोड दिदै देशभरीका ७ सय ५३ पालिकाहरुमै मातृत्व जोगाउने अभियान अन्तगर्त महिलाको पाठेघरका चेकजाँच सम्बन्धि निशुल्क शिविर अभियान संचालन गर्ने क्रममा पर्साको पटेर्वासुगौलीमा पनि आईपुगेको बताउँदै दुई दिने शिविरमा १ सय ४१ जना महिलाको चेकजाँच गर्दा ३ जनाको पाठेघरकोे मुखको क्यानसरको लक्षण देखा परेको बताईन् ।
कार्यक्रममा बोल्दै पर्साको पटेर्वासुगौलीका अध्यक्ष दिनेश चौधरीले भने पालिकामा आफुहरु निर्वाचित भएर आएदेखीन् भौतीक विकास भन्दा मानवीय विकासमा ध्यान दिएको दाबी गर्दै उनले सबै भन्दा बढी महिलालाई नै सचेत र सबल बनाउने तर्फ लागेको जानकारी दिए ।
उनले भने , मधेश प्रदेशका खासगरी ग्रामीण भेगका महिलाहरुलाई स्वास्थ्य , शिक्षा र आर्थिक तर्फ उन्मुख गराउनु चुनौतीको कुरा भएपनि आफुहरुले त्यही चुनौतीलाई अवसरको रुपमा लिएर अहिले केही हदसम्म भएपनि परिवर्तन ल्याउन सकेका छौँ । मातृत्व जोगाउने अभियान अन्तर्गत महिलाहरुलाई आफ्नो स्वास्थ्यप्रती सचेत बनाउन सफल भए स्वरुप नै आज घरघरबाट निस्केर यो शिविरमा महिलाहरु आइपुगे । हाल विधालयहरुमा छात्रा संख्यामा वृद्धि हुनु र आफ्नो हातमा दुई पैसा हुनुपर्छ भन्ने सोचाई नै महिलाहरुमा आउनु ठुलो उपलब्धिको रुपमा लिएका छौँ । त्यही अनुसार कार्य पनि अगाडी बढाएका छौँ ।
त्यस्तै पालिकाकी उपाध्यक्ष ममता महतो थारुले कल्प भन्ने संस्थामार्फत महिलाहरुलाई सशतm बनाउने अभियान अन्तगर्त कल्प इम्पावरमेन्ट वुमेन अवार्डमा देशभरिका १ सय ४० जना अध्यक्ष र उपाध्यक्ष महिला जनप्रतिनिधि सहभागी मध्ये उत्कृष्ट ६ मा पटेर्वा सुगौली गाउँपालिकाको उपाध्यक्ष ममता महतो थारु पर्न सफल हुँदै सि लिड्स आइकनबाट सम्मानित भएपछि गाउँका महिलाहरुको लागि भने पाठेघरको मुखको क्यान्सर बारे निशुल्क शिविर संचालन गर्ने अवसर पाएको बताउँदै प्राय उनले आफ्नो गाउँका महिलाहरुका लागि गरेको यो प्रयासले आफु सन्तुष्ट रहेको बताउँछिन् ।
उनले भनिन् , मधेशको ग्रामीण भेगबाट उठेर निर्वाचित हुँदै राष्ट्रिय स्तरसम्म आफुलाई चिनाउन सजिलो छैन अझ पनि । झन् जाहाँ महिलालाई अझ पनि कमजोर नै ठान्ने मानसिकता रहेको अवस्थामा आफु निर्वाचित भएदेखीन् ५१ प्रतिशत महिलाको जनसंख्या रहेको देशका महिलाहरु पाठेघरको मुखको क्यानसरबाट पनि पिडीत रहेका छन् । र अब महिलाहरुलाई स्वास्थ्य , शिक्षा ,कृष्ति तथा आर्थिक रुपमा सबल बनाउने अभियानमा निरन्तर लागिरहन्छु ।
यसैगरी पर्साको पटेवासुगौली गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष विजय गैरेले मधेश प्रदेशका महिलाहरु स्वास्थ्यप्रती अझ सजग हुन नसकेको अवस्थामा गाउँघरमै आयोजना हुने यस्ता महत्वपुर्ण शिविरबाट सबै भन्दा बढी लाभ त्यस्ता महिलाहरुले उठाउन सकेकोमा आयोजकलाई धन्यवाद दिदै आफुहरु यसप्रती सन्तुष्ट रहेको बताए ।
नेपालमा पाठेघरको मुखको क्यान्सरले वर्षेनी हजारौ महिलाहरु प्रभावित हुने गरेका छन् । ग्लोबल क्यान्स अब्जर्भेटरीको पछिल्लो तथ्यांक अनुसार हरेक वर्ष करीब २ हजार भन्दा बढी महिलाहरुमा पाठेघरको मुखको क्यान्सर भेटीने गरेको बताईएको छ ।
पालिकाका अध्यक्ष दिनेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका हरेक वडाका वडा अध्यक्षहरु, स्थानीयहरु, विभिन्न संघसंस्थाका प्रतीनिधी, संचारकर्मी, शिक्षक शिक्षिका लगायत हरेक क्षेत्रका मानिसहरुको उपस्थिती रहेको थियो ।