Madhes Khabar
स्वास्थ्य हेडलाइन

मधेस प्रदेशमा सबैभन्दा बढी एचआईभी एड्सका संक्रमित पर्सा जिल्लामा

वीरगन्ज,१५मंसिर:मधेस प्रदेशका ८ जिल्लामध्ये पर्सा जिल्लामा सबैभन्दा बढी एचआईभी एड्सका संक्रमित फेला परेका छन्।

 

मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार, मधेस प्रदेशमा हालसम्म कूल ४ हजार ३ सय ३२ जना एचआईभी संक्रमित फेला परेकाेमा सबैभन्दा बढी पर्सामा हालसम्म १ हजार ८ सय ९६ जना रहेका छन्।

 

मधेश प्रदेशका जिल्लाहरूमा ४ सय ७४ जना नयाँ एचआइभी एड्सबाट संक्रमित भएका रोगीहरू फेला परेका छन् ।

३८ औँ विश्व एड्स दिवसको अवसरमा साेमबार जनकपुरमा प्रदेश स्वास्थ्य निर्देशनालयले आयोजना गरेकाे अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी गराइएको हाे।

 

यस्तै बारामअ २ सय ३८ जना, राैतहटमा ३ सय ९० जना,सप्तरीमा १ सय ८१जना, महोत्तरीमा ३ सय ६४ जना, सिरहामा ४ सय २६ जना, सर्लाहीमा ५ सय २० जना र धनुषामा ८ सय २२ संक्रमित हालसम्म भेटिएको स्वास्थ्य निर्देशनालयका एचआइभीका सम्पर्क व्यक्ति राजवीर यादवले जानकारी गराए।

 

ती मध्ये नयाँ संक्रमित ४ सय ७४ जना रहेकाे उनले बताए।नयाँ संक्रमितमध्ये १६ जना गर्भवती महिलापनि रहेको यादवले जानकारी दिए । नयाँ सङ्क्रमितहरूमा अधिकांश वैदेशिक रोजगारीबाट फर्केर आएका पुरुषहरू रहनुका साथै महिला, तेस्रो लिङ्गी तथा यौनकर्मीहरूपनि रहेका उनले बताए ।

एचआईभी संक्रमित भएकाहरूलाई दातृ निकायको सहयोगमा नेपाल सरकारले एचआइभी एड्स विरुद्धको औषधि मधेश प्रदेशका ११ वटा एआरटी सेन्टरहरूमा स्वास्थ्यकर्मीको निगरानीमा खुवाउने काम गरिरहेको उनले जानकारी दिए ।

प्रदेशगत रुपमा सबै भन्दा बढी बागमती प्रदेशमा एचआईभी संक्रमितहरु रहेका छन् । बागमती प्रदेशमा ७ हजार १ सय ४ जना तथा सबैभन्दा कम कर्णाली प्रदेशमा ७ सय ३१ जना संक्रमितहरु रहेका छन् ।

 

स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेल, जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल ,मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा अङ्कुर साह लगायतकाकाे पनि सहभागिता थियाे ।

Related posts

वीरगन्जको नेशनल मेडिकल कलेजसंग प्याब्सन पर्साले पनि ग-याे सम्झौता

MadhesKhabar

पोखरिया अस्पतालको स्तरोन्नत्ती गर्न स्वास्थ्यमन्त्री यादवसंग नेता समानीको माग

MadhesKhabar

पर्साकाे चमरी टाेलमा आगलागीबाट चार घर जलेर नष्ट

MadhesKhabar

Leave a Comment