Madhes Khabar
स्वास्थ्य

वीरगन्जको नेशनल मेडिकल कलेजसंग प्याब्सन पर्साले पनि ग-याे सम्झौता

वीरगन्ज,२०पुस:वीरगन्ज-१५ स्थित नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल प्रा.लि.र प्राइभेट एण्ड बोर्डिङ स्कूल्स अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता गरिएको छ।

 

सम्झौताअनुसार प्याब्सन पर्सासँग आबद्ध विद्यालयका बोर्ड सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रित परिवारजनलाई नेशनल मेडिकल कलेजकाे अस्पतालमा उपचारमा विशेष छुट र अन्य विशेष स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइने उल्लेख छ।आकस्मिक तथा आपतकालीन उपचार सेवा, क्यासलेस तेस्रो पक्ष बीमा सेवा, चिकित्सकद्वारा अन–साइट क्लिनिक सञ्चालन, वेलनेस तथा स्वास्थ्य परीक्षण प्याकेज लगायत अस्पतालका विभिन्न सेवामा विशेष सहुलियत प्रदान गरिने बुदाँ सम्झाैता पत्रमा उल्लेख छ।

 

सम्झौतामा ओपीडी टिकट, जनरल बेड,आईसीयू,एनआईसीयू,पीआईसीयू सेवा, शल्यक्रिया, प्याथोलोजी परीक्षण, भिडियो एक्स–रे, एक्स–रे, ईसीजी, इको, टीएमटी, सिटी स्क्यान, एमआरआई तथा ओपीडी तथा आईपीडी फार्मेसी सेवामा विशेष छुट प्रदान गरिने उल्लेख छ।

 

सम्झौता पत्रमा नेशनल मेडिकल कलेज प्रा.लि.का तर्फबाट मार्केटिङ निर्देशक अबिद हुसेन अन्सारी र प्याब्सन पर्साका तर्फबाट अध्यक्ष सरोज प्रसाद चौधरीले हस्ताक्षर गरेका हुन् । सम्झौता एक वर्षका लागि लागू हुने र आपसी सहमतिमा नवीकरण गर्न सकिने बताइएको छ।

 

हस्ताक्षर कार्यक्रममा प्याब्सनका तर्फबाट डा. हरिशंकर साह राज्य नीति तथा योजना आयोग सदस्य, हासिम अन्सारी, नेशनल मेडिकल कलेजको तर्फबाट इञ्जिनियर प्रदीप कुमार चौधरी, जितेश चन्द्र दास लगायतकाकाे पनि उपस्थिति थियो।

Related posts

नारायणी अस्पतालकाे पक्षमा सर्वाेच्चले फैसला गरेपछि वीरगन्जमा मनाइयाे खुशीयाली

MadhesKhabar

सामुदायिक सेवा केन्द्र मिनाबाजार द्वारा गहवा मन्दिर परिसर सरसफाई ।

MadhesKhabar

पर्सागढीमा सञ्चालित शिविरमा ५६५ जनाको आँखाको गरियो निःशुल्क शल्यकृया

MadhesKhabar

Leave a Comment