Madhes Khabar
स्वास्थ्य हेडलाइन

नारायणी अस्पतालको मेसुमा फेरि डा. चुमनलाल दास आउँदै

वीरगन्ज,३वैशाखःवीरगन्जकोनारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पुन डाक्टर चुमनलाल दास आउने भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल नीति योजना महाशाखामा कार्यरत डा. दासलाई काज फिर्ता गर्दै नारायणी अस्पतालको मेसुमा पठाएको हो ।

मन्त्रालयले डा. दासलाई यसअघि २०८१ असोज पहिलो साता पनि नारायणी अस्पतालको मेसुको जिम्मेवारी दिएर पठाएकाो थियो । झण्डै एक वर्ष मेसुको जिम्मेवारी सम्हालेका डा. दासलाई मन्त्रालयले काजमा सरुवा गरेर मन्त्रालयको नीति योजना महाशाखामा मन्त्रालयले पठाएको थियो ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहका उच्च कर्मचारीको सरुवा, पदस्थापन र काज फिर्ता गर्ने क्रममा डा. दासको पनि नारायणी अस्पतालको मेसुमा पुन सरुवा भएको हो ।बिहीबार स्वास्थ्यमन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका तीनवटा महत्त्वपूर्ण महाशाखाका प्रमुख हेरफेर गरेकी हुन् ।

मन्त्रालयको महाशाखामा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रकी निर्देशक यशोदा अर्याल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रोशन न्यौपाने र भर्खरै एघारौँ तहमा बढुवा भएका डा. गुणनिधि शर्मा गएका छन् ।

तर उनीहरूलाई कुन महाशाखाको जिम्मेवारी दिएको भन्ने अझै औपचारिक टुंगो लाग्न बाँकी रहेको मन्त्रालयल स्रोतले जनाएको छ ।

यसैगरि स्वास्थ्य समन्वय महाशाखामा रहेका डा. भीम सापकोटालाई हेटौँडास्थित किटजन्य प्रयोगशालामा पठाइएको मन्त्रालयले जनाएको छ ।यस्तै, गुणस्तर मापन तथा निरीक्षण महाशाखाका प्रमुख डा. सरोज शर्मालाई वीर अस्पतालमै काज फिर्ता पठाइएको छ ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलको पनि काज फिर्ता गरी गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा गरिएको छ । यद्यपि, हाल उनी बोर्डको कार्यकारी प्रमुखको भूमिकामा हुँदा तत्कालका लागि भने बोर्डमै रहेर कार्यसम्पादन गर्न भनिएको छ ।

मन्त्रालयले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन यो कदम चालेको बुझिएको छ । मन्त्रालयले कागजमा रहेका कर्मचारी थमाथम दरबन्दीको ठाँउमा पठाउँदै आएको छ ।

Related posts

डाक्टरहरुकाे आन्दोलन : वीरगन्जका अस्पताल र क्लिनिकमा ओेपिडी सेवा बन्द

MadhesKhabar

पर्साको पटेर्वासुगौलीमा मधेस प्रदेशकै पहिलो ‘थारु संग्राहलय’ बन्दै

MadhesKhabar

सखुवा प्रसौनी गाँउपालिकाको गाँउसभा सम्पन्न, नीति तथा कार्यक्रमको प्राथमिकतामा शिक्षा ,स्वास्थ्य र कृषि

MadhesKhabar

Leave a Comment