Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जमा पहिलाे पटक निकालिन लागिएको गहवामाई रथ यात्राकाे तयारी तिब्र

वीरगन्ज ,३२जेष्ठ : वीरगन्जमा पहिलाेपटक निकालिन लागिएको गहवामाई रथ यात्राकाे तयारी तिब्र गतिमा भईरहेकाे छ । गहवामाईकाे नवनिर्मित मन्दिरकाे ११ ओैं वर्षकाे उत्सवमा आगामी अषाढ ५ गते पहिलाेपटक रथ यात्रा निकालिने भएकाे हाे ।

 

गहवामाई रथ यात्रा अषााढ ५ गतेका दिन बिहान ६ बजे गहवामाई मन्दिर प्रांगणबाट सुरु भई दुई नम्बर राेड हुँदै रामटाेल, रेशमकाेठी , विर्तामन्दिरबाट मेनराेड हुँदै अलखियामठ, आदर्शनगर, माईस्थान भएर पुन गहमावमाई मन्दिरमा पुगेर समापन हुनेछ ।

रथ यात्रमा हिन्दु धर्म र संस्कृति झल्किने झाँकीका साथै निशान र शाेभायात्रा पनि प्रदर्शन गरिने गहवामाई रथ यात्रा समितिका अध्यक्ष श्याम पाेखरेलले जानकारी दिए ।

रथ यात्राले नगरपरिक्रमापछि अषाढ ५ गते नै साँझ गहवामाई मन्दिर परिसरमा बृृृहत  भजनकृतनपनि आयाेजना हुने उनले बताए ।रथ यात्राकाे  भाेलिपल्ट अषाढ ६ गते बिहान गहवामाईलाई ५६ प्रकारकाे भाेग चढाइने र त्यहिदिन भक्तजन तथा दर्शनार्थीहरुका लागि भण्डारा पनि सञ्चालन गरिने समितिका सदस्य मुन्ना सर्राफले जानकारी दिए ।

रथ यात्राका लागि अहिले आकर्षक रथ बनाउने काम तिब्र गतिमा चलिरहेकाे सर्राफले जानकारी दिए । उनका अनुसार, रथ निर्माणमा करिब ४ सय घनफिट काठ प्रयाेग गरिएकाे छ ।रथ निर्माणकाे लागत मात्रै करिब १५ लाख रुपैयाँ रहेकाे उनले बताए । भारत र नेपालका गरि १० भन्दाबढी कारिगरहरु रथ निर्माणमा दिनरात खटिरहेकाे पनि उनले बताए ।

रथ निर्माण लगायत रथ यात्राकाे सबै तयारीकाे काम अषाढ ३ गते नै सक्नेगरि समिति लागिपरेकाे सर्राफले बताए ।

रथ यात्रा आयाेजनामा लाग्ने खर्चका लागि भक्तजनहरुले स्वेच्छाले आर्थिक सहयाेग गरिरहेका छन् । रथ यात्रा आयाेजक समितिले कहिंबाट पनि संस्थागत रुपमा चन्दा वा आर्थिक सहयाेग नलिएको उनले बताए ।

सर्राफले भने, जाे सहयाेग गर्न इच्छुक हुनुहुन्छ उहाँले मन्दिर अगाडिको दानपेटीकामा आफ्नाे स्वेच्छाले सहयाेग गर्न सक्नुहुनेछ , यस्तै नगदी रसिदपनि काटेर सहयाेग गर्न सक्नुहुनेछ ।

Related posts

सार्वजनिक भयो कक्षा १२ को परीक्षाफल, ५२ प्रतिशत मात्र विद्यार्थी पास

MadhesKhabar

रामनवमीका दिन विराटनगरमा हिन्दूमाथि आक्रमण गर्नेहरुलाई कारबाही गर्न माग

MadhesKhabar

सरकारले बजेट निकासा नगर्दा वीरगन्ज कृषि औजार कारखाना सञ्चालन प्रक्रिया फेरि अन्यौलमा

MadhesKhabar

Leave a Comment