Madhes Khabar
स्वास्थ्य हेडलाइन

१ सय ३१ वर्षको यात्रा पुरा गरेको नारायणी अस्पतालले दिनहुँ दिन्छ १३ सय बढी बिरामीलाई सेवा

वीरगन्ज,१३ असोज : १ सय ३१ वर्ष पहिले ३ शैयाबाट सेवा सुरु गरेको वीरगन्जको नारायणी अस्पतालले शनिबार प्रथम वार्षिकोत्सव मनाएको छ ।

अस्पताल स्थापनाको १ सय ३१ वर्ष पुगेको अवसरमा आयोजित प्रथम वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै संघ सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले भने,‘ अस्पताल स्थापना भएको १ सय ३१ वर्ष भएछ तर वार्षिक उत्सव चाहि पहिलोपटक मनाएको देख्दा मलाई पनि रोचक लागेको छ । यस्तो ऐतिहासिक कार्यक्रममा सहभागी हुन पाउँदा म आफुलाई सौभाग्यशाली ठानिरहेको छु ।

विक्रम संवत १९४७ मा तत्कालीन राणा प्रधानमन्त्रीबाट निर्णय भई २०४९ सालमा पृथ्वी वीर अस्पतालको नाममा स्थापना भएको हालको नारायणी अस्पतालले ३ शैयाबाट सेवा सुरु गरेको थियो ।

काठमाडौंको वीर अस्पतालपछि देशकै दोश्रो सरकारी अस्पतालका रुपमा स्थापना गरिएको नारायणी अस्पतालले ३ शैयाबाट सुरु गरेको सेवा १ सय ३१ वर्ष पार गरिसक्दा हाल ३ सय ५० शैयाको सेवा दिइरहेको अस्पतालका निमित्त मेसु डा. चिततरञ्जन साह बताए ।
मधेस प्रदेशको पर्सा देखि महोतरीसम्म पाँच जिल्ला र छिमेकी देश भारत बिहारको पूर्वी चम्पारण क्षेत्रकासमेत बिरामीको उपचार गर्दै आइरहेको नाराणी अस्पतालमा बहिरङ्ग र अन्तरङ्ग गरी दैनिक १ हजार ३५० भन्दा बढी बिरामीले उपचार सेवा लिइरहेको निमित्त मेसु साह बताए ।

मधेसका पाँच जिल्लाका करिब ३० लाख जनसंख्या र छिमेकी मुलुक भारतका समेत बिरामीको आसा, भरोसा र आस्थाको केन्द्रका रुपमा रहेको अस्पतालमा भौतिक संरचना र दक्ष जनशक्तिको भने अभाव हुदाँ उपचार सेवा प्रदानमा समस्या भइरहेको गुनासो निमित्त मेसु साहले कार्यक्रममा सहभागी स्वास्थ्यमन्त्री बस्नेतलाई सुनाए ।

साहका अनुसार,२०७५ फागुन ३ को मन्त्रीपरिषदको निर्णय र स्वास्थ्य मन्त्रालयको २०७५ फागुन ७ को पत्र अनुसार मधेस प्रदेशमै विशिष्ट विशेषज्ञ सेवा प्रदान गर्नका लागि तत्कालीन नारायणी उपक्षेत्रीय अस्पताललाई ५ सय शैयामा स्तरोन्नत्ती गर्ने निर्णय गरी केन्द्रिय अस्पतालको रुपमा नारायणी अस्पताल नामाकरण गरिएको थियो ।

तर त्यस अनुसारको आवश्यक भौतिक संरचना र जनशक्ति अहिलेसम्मपनि थप नहुदाँ सेवा प्रवाहमा समस्या भइरहेको अस्पतालका प्रवक्ता डाक्टर उदयनाराण सिंहलेपनि बताए ।

सिंहका अनुसार, अस्पताल परिसरमैै एक अर्ब ५० करोड रुपैयाँको लागतमा थप ५ सय शैयाको भवन निर्माणका लागि पाँच वर्षपहिले नै टेण्डर आह्वान भइ प्रकृया अगाडि बढिसकेको अवस्थामा अदालतमा मुद्धा परेपछि ५ वर्षदेखि त्यो अड्कीएर बसेको छ ।अस्पतालमा बिरामीको चाप दिनानुदिन बढ्दै गएको तर शैया अभावमा बिरामीलाई भर्ना गर्न नसकिएको दुखेसापनि उनले मन्त्री बस्नेतसामु सुनाए ।

सिंहले शैया अभावसंगै जनशक्तिकोपनि उत्तिक्कै अभाव रहेको बताए ।हाल अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी गरी ३ सय २१ जनाको दरबन्दी स्वीकृत छ । तर ती मध्ये हाल २७३ जनाको मात्र पदपूर्ती रहेकोे सिंहले बताए ।चिकित्सकको मात्रै ७४ जनाको दरबन्दी स्वीकृत रहेपनि हाल अस्पतालमा ५१ जनामात्र कार्यरत रहेको र २३ जना चिकित्सकको दरबन्दी खाली नै रहेको उनले जानकारी गराए । यस्तै स्टाफ नर्स तर्फ ६६ जनाको दरबन्दी भएपनि हाल अस्पतालमा ५७ जनामात्र कार्यरत रहेकोपनि सिंहले बताए ।

नेपाल सरकारको १९१ र अस्पताल विकास समितिको १७० जना गरी ३५० जना स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत छन् ।त्यसमा चिकित्सकको संख्या ८० मात्र रहेकोमा उनीहरूमध्ये अधिकांश दैनिक ज्यालादारी र करारमा रहेको सिंहले मन्त्री बस्नेतलाई जानकारी गराए ।तर अस्पतालमा दिनहुँ बिरामीको चाप बढ्दै गएको र सेवाहरुपनि थपिदै गएकोले हालको जनशक्तिले थेग्न गाह्रो भइरहेको सिंहले बताए ।

कार्यक्रममै निमित्त मेसु साहले पाँच सय शैया सञ्चालनका लागि आवश्यक भौतीक संरचना, जनशक्ति र बजेटको व्यवस्थापन गरिदिन आग्रह गर्दै स्वास्थ्यमन्त्री बस्नेतलाई लिखित रुपमै अनुरोधपत्र पनि बुझाए ।

वार्षिकोत्सवकै अवसरमा मन्त्री बस्नेतले अस्पतालमा सञ्चालनमा ल्यइएको एमआर आई सेवा र नवनिर्मित तीन तल्ले आकस्मिक भवनको समुद्घाटनपनि गरेका थिए ।

नारायणी अस्पतालका निमित्त मेसु डा. चितरञ्जन साहको अध्यक्षता तथा स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्यमन्त्री वीरेन्द्र सिंह, प्रतिनिधिसभा सदस्यहरु प्रदीप यादव, अजय चौरसिया, प्रभु हजरा, वीणा जयसवाल , प्रदेशसभा सदस्यहरु जनार्दन सिंह क्षेत्री , श्याम पटेल, वीणा शर्मा , वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, उपमेयर इम्तियाज आलम लगायतकोपनि सहभागीता थियो ।

Related posts

वीरगन्जमा मध्यरातमा गाेली चल्याे,माेस्ट वान्टेड भारतीय अपराधी बब्लु पक्राउ 

MadhesKhabar

पर्सामा माेटरसाइकल चाेर्ने गिराेह समातियाे, चाेरीका ५ वटा माेटरसाइकलपनि बरामद

MadhesKhabar

बारा २ का जनताले उपेन्द्र यादवको षडयन्त्र सफल हुन दिदैनन् : सिके राउत

MadhesKhabar

Leave a Comment