Madhes Khabar
स्वास्थ्य

वीरगन्ज नाकामा फेरि कोरोनाको चेकजाँच शुरु

फाइल तस्वीर

मधेसखबर
वीरगन्ज,२९ बैशाख :
नेपाल प्रवेश गर्ने प्रमुख नाका वीरगन्जको इनर्वामा फेरि कोरोनाको परिक्षण गर्न थालिएको छ ।
भारतका विभिन्न शहरमा फेरि कोरोनाको चौथो लहरको संकेत देखिन थालेपछि वीरगन्ज नाका स्थित हेल्थ डेस्कमा एक महिना यता देखि भारतबाट आउनेहरुको एन्टिजेन परिक्षण गर्न थालिएको हो ।
हेल्थ डेस्क इन्चार्ज अनिषा महत्तोका अनुसार , दुइ तीन हप्ता देखि यता नाका स्थित हेल्थ डेस्कमा एन्टिजेन परिक्षण गर्न थालिएको हो ।
त्यसअघि कोरोनाको तेश्रो लहर मत्थर भएपछि हेल्थडेस्कमा परिक्षण बन्द गरिएको थियो ।
तर फेरि भारतको दिल्ली लगायतका शहरमा कोरोनाको चौथो लहरको संकेत देखा पर्न थालेपछि नेपाल भित्रिन सक्ने जोखीमलाइ मध्यनजर गरि हेल्थ डेस्कमा एन्टिजेन परिक्षाण गर्न थालिएको डाक्टर महत्तोले बताइन् ।
तर यस अवधिमा (चैतदेखि यता) भारतका ठूला सहरबाट आउनेहरुको बिशेष निगरानी राखिए पनि तीमध्ये एक जनामा पनि कोरोना संक्रमण पुष्टि भने नभएको महत्तोले बताइन्  ।
विशेषगरी दिल्ली लगायतका भारतका विभिन्न शहरहरुबाट रेल यात्रा गरेर नेपाल प्रवेश गर्नेहरुको मात्रै उीनटजेन परिक्षण गर्न थालिएको डाक्टर महत्तोले बताइन् ।
डाक्टर महत्तोका अनुसार , भारतको दिल्ली लगायतका ठूला सहरहरूबाट समेत गरी दैनिक ४ सय देखि ४ सय ५० जना यात्रुहरु वीरगन्ज नाका भएर नेपाल प्रवेश गर्ने गरेकोमा सबैको तापक्रम नाप्नुका साथै ती मध्ये शंकास्पद १ सय ५० देखि १ सय ७५ जना सम्मको एन्टिजेन परीक्षण गरिरहेको उनले बताइन् ।
स्वास्थ्य मन्त्रालयले दुईपटक खोप लगाएका तथा कोरोनाको लक्षण नदेखिएकाहरूको कोरोना परीक्षण गर्न नपर्ने र लक्षण देखिएकाहरूको मात्र परीक्षण गर्नुपर्ने निर्देशन दिएकाले उक्त निर्देशनको पनि पालना गरिएको उनले बताइन् ।
ह्ेल्थ डेस्कको तथ्यांक अनुसार, चालु आर्थिक वर्ष २०७८÷०७९ मा कोरोनाको तेस्रो लहरको समयमा वीरगन्ज नाका हुँदै ५३ हजार ८ सय २३ जना नेपाल प्रवेश गरेका थिए । उनीहरू मध्ये २७ हजार ९ सय ६८ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ५ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती मध्ये ४ सय २१ जना भारतीय नागरिक थिए । उनीहरूलाई नाकाबाटै भारत फर्काइएको थियो ।

Related posts

साउन कट्न दिनुस्, देखाइदिन्छु काम भयो कि भएन : स्वास्थ्यमन्त्री यादव

MadhesKhabar

साउन महिनामा कस्तो खाना उपयुक्त ?

MadhesKhabar

डाक्टरहरुको आन्दोलन स्थगित

MadhesKhabar

Leave a Comment