Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्जका थप ७ वटा वडाका बिरामीहरुकाे उपचारमा नेशनल मेडिकल कलेजले छुट दिने

वीरगन्ज,१०असार:वीरगन्ज महानगरपालपका विभिन्न ७ वटा वडाका स्थानीयबासीकाे उपचार शुल्कमम वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले छुट दिने भएको छ।ती वडाका वडाध्यक्षहरु र मेडिकल कलेजबीच मंगलबार सम्झाैता भएको छ।

मेडिकल कलेजको सभा हलमा मंगलबार वडा नम्बर ११,१२,१५,१९,२०,२३ र २४ का वडाध्यक्ष र मेडिकल कलेजका प्रबन्ध निर्देशक सहनवाज अन्सारीबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

स्वास्थ्य सम्झौता अन्तगर्त नेशनल मेडिकल कलेजमा ती वडाहरुका स्थानीयले उपचार गराउँदा ओपिडी टिकटमा २५ प्रतिशत , जेनरल बेड चार्जमा १५ प्रतिशत, आइसियु, एनआइसियु र पीआइसियुको बेड चार्जमा ५ प्रतिशत, जेनेरल ल्याप्रोस्कोपि तथा इण्डोस्कोपि जाँचमा ८ प्रतिशत, प्याथोलोजी जाँचमा १० प्रतिशत, भिडियो एक्सरे , एक्सरे, इसिजी, इन्डोस्कोपीमा ७ प्रतिशत, सिटीस्क्यान र एमआरआईमा ७ प्रतिशत, फार्मेसीमा १० देखि १५ प्रतिशत छुट पाउने भएका छन् ।छुट सुविधाका लागि सम्बन्धित वडा कार्यालयबाट बिरामीले सिफारिस पत्र ल्याउनु पर्नेछ ।

यसका साथै नेशनल मेडिकल कलेजले ती ७ वटै वडा कार्यालयहरुमा प्रत्येक तीन/ तीन महिनामा निःशुल्क स्वास्थ्य शिविर गर्नुको साथै रक्तदान कार्यक्रमको आयोजना समेत गर्ने सम्झौतापत्रमा उल्लेख छ।

मंगलबार भएको सम्झौता एक वर्षसम्म लागू रहने तथा आवश्कता अनुसार दुवै पक्षको आपसी सहमतिमा थपघट वा परिमार्जन गर्न सकिने मेडिकल कलेजका प्रबन्ध निर्देशक सहनवाज अन्सारीले जानकारी दिए ।

यसअघि वीरगन्ज महानगरपालिकाकै अन्य १३ वटा वडासंगपनि मेडिकल कलेजले यस्तै सम्झौता गरिसकेको छ।

मंगलबार गरिएको सम्झाैतापत्र हस्ताक्षर कार्यक्रममा वीरगन्ज महानगपालिका वडा नम्बर ११ का वडाध्यक्ष अजय कुमार बरै ,१२ का वठाध्यक्ष सुरेश कुमार गुप्ता,१५ का वडाध्यक्ष रमेश प्रसाद यादव, १९ का वडाध्यक्ष मुकेश कुमार चौरसिया,२० का वडाध्यक्ष रामकिशोर सिंह, २३ का वडाध्यक्ष अवधकिशोर कुशवाहा,२४ का वडाध्यक्ष विजय प्रसाद कुर्मी तथा मेडिकल कलेजका प्रबन्ध निर्देशक सहनवाज अन्सारी, निर्देशक डाक्टर ईसरत जहान अन्सारी, मार्केटिङ र एडमिसन डाइरेक्टर आबिद हुसेन, एकाडेमी डाइरेक्टर रुबी श्रेष्ठ लगायतकाे पनि उपस्थिति रहेको थियो।

Related posts

कलैया गाेलीकाण्ड अपडेट : गाेली लागेका प्रधानाध्यापक सर्राफकाे मृत्यु

MadhesKhabar

पटेर्वा सुगौली गाँउपालिकाको वडाहरुमै स्थापना गरियो ‘ मेलमिलाप केन्द्र ’

MadhesKhabar

हैजाको उपचारका लागि मधेस सरकारले नारायणी अस्पताललाई दियो औषधिसहितका सामग्री

MadhesKhabar

Leave a Comment