मधेसखबर
वीरगन्ज,२१जेठ: वीरगन्ज ४ भगवती टोलमा शनिबार भगवती युवा क्लबले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बिकन माविको प्रांगनमा शनिबार आयोजित रक्तदान कार्यक्रममा २२ जना महिलासहित १ सय १ जनाले रक्तदान गरेका छन् । क्लबका अध्यक्ष सञ्जय श्रेष्ठको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा विवेक थापा, कृष्ण यादव, बिजय श्रीवास्तव, मृदुल भट्टराई, अनिल पटेल, मुन्ना भट्टराई लगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक धिरेन्द्र झाले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशकी प्रदेश सभा सदस्य भिमा यादवले युवा क्लबले सामाजिक क्षेत्रमा गर्दै आएका गतिविधिको प्रशंसा गरीन् । कांग्रेसका नेता प्रकाश उपाध्यायले समाज परिवर्तनका लागि युवाहरुको एकरुपता अनिवार्य हुनुपर्ने आवश्यक्ता औँल्याए । साथै उनले हरेक टोलका युवाहरुलाई एकजुट भएर सामाजिक कार्यमा सक्रिय हुन पनि आग्रह पनि गरे ।

