Madhes Khabar
स्वास्थ्य

नेपालमा थप २५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

 

मधेसखबर
वीरगन्ज, १४ भदौं : नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभर पीसीआर र एन्टिजेन गरी ३ हजार ९ सय २१ जनाको नमुना परीक्षण गर्दा २ सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 

यही अवधिमा २ सय ३२ जना सङ्क्रमित निको भएका छन् । नेपालमा हाल सक्रिय सङ्क्रमितको संख्या ३ हजार १ सय ४६ जना रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

 

यस्तै थप ५० हजार ३ सय ५५ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Related posts

वीरगन्ज महानगरको ल्याबको सेवा विस्तार, दुई वर्षमा २२ हजार बढी बिरामीले लिए सेवा

MadhesKhabar

वीरगन्जकाे सहदेव क्लिनिकमा डा. अनुपमले गरे ५० बिरामीको नि:शुल्क उपचार

MadhesKhabar

पर्सामा हैजाविरुद्धको खोप अभियानमा ९० प्रतिशत सफलता

MadhesKhabar

Leave a Comment