काठमाडौं,७असार:वैभव सूर्यवंशीले ५० ओभरको क्रिकेट (वान डे क्रिकेट ) मा सबैभन्दा छिटो अर्धशतकको २० वर्ष पुरानो विश्व रेकर्ड तोडेका छन्। श्रीलंका ए विरुद्ध जारी त्रिकोणीय शृङ्खलाको फाइनलमा वैभवले २९ बलमा ९४ रन बनाए। उनले केवल ११ बलमा आफ्नो अर्धशतक पूरा गरे।
वैभवभन्दा पहिले यस ढाँचामा सबैभन्दा छिटो अर्धशतक श्रीलंकाकी कौशल्या वीररत्नेले बनाएकी थिइन्। उनले २००६ मा रागामा क्रिकेट क्लबबाट खेल्दा १२ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए। वरिष्ठ स्तरमा, ५० ओभरको क्रिकेटमा दुई प्रकारका खेलहरू हुन्छन्: लिस्ट ए र एकदिवसीय अन्तर्राष्ट्रिय। प्रत्येक एकदिवसीय अन्तर्राष्ट्रिय पनि लिस्ट ए खेल हो।
एबी डिभिलियर्सले २०१५ मा वेस्ट इन्डिज विरुद्ध १५ बलमा ५० रन बनाएर एकदिवसीय खेलमा सबैभन्दा छिटो अर्धशतक बनाएका छन्।
जारी खेलमा याे समाचार तयार पार्दासम्म भारत ए ले श्रीलंका ए विरुद्ध ४२ ओभर पछि ६ विकेट गुमाएर २९१ रन बनाएको छ।

