
काठमाडौं,६साउनःमहिला एसिया कप क्रिकेटमा भारतले लगातार दोस्रो जीत हात पारेको छ ।आइतबार समूह ए अन्तर्गतको आाफनो दोस्रो खेलमा भारतले युएईलाई ७८ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेको हो ।
भारतले दिएको २०२ रनको लक्ष्य पछाएको युएईले २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्र बनाएपछि खेल भारतको पोल्टामा पुग्यो ।युएईका लागि कविसा इगोडेले सर्वाधिक ४० रन बनाइन् ।बलिङ्तर्फ भारतका दिप्ती शर्माले २ तथा रेनुका सिंह, तनुजा कन्वर ,पूजा वस्त्रकार र राधा यादवले एक एक विकेट लिलए
यस अघि पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ५ विकेट गुमाएर २०१ रन बनाएको थियो ।आफनो पहिलो खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको थियो । भारतका लागि हरमन्प्रीत कौरले सर्वाधिक ६६ रन बनाइन् । रीचा घोषले ६४ रनको योगदान गरिन् ।
प्रतियोगितामा अब भारतले आफ्नो समूह चरणको अन्तिम खेलमा मंगलबार नेपालको सामना गर्ने छ भने त्यही दिन युएईले पाकिस्तानको सामना गर्नेछ ।

