काठमाडौं,५माघःनेपाल ,खो खो महिला विश्वकपको फाइनलमा पुगेको छ। भारतमा जारी विश्वकपमा शनिबार भएको सेमिफाइनल खेलमा युगान्डालाई पराजित गर्दै नेपाली टोली पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो ।शनिबार नेपालले सेमिफाइनल खेलमा युगान्डालाई ८९–१८ को फराकिलो अन्तरले पराजित गरेको हो ।
अब नेपालले फाइनलमा अर्को सेमी फाइनलका प्रतिस्पर्धी दक्षिण अफ्रिका र भारतबिचको विजेता टोलीसँग सामना गर्ने छ।
नेपालले ऐतिहासिक फाइनलमा पुग्दासम्म अपराजित रह्यो। जसमा हालसम्म भएका सबै ६ खेलमा जित निकालेको हो । यसअघि समूह चरणमा भुटान, जर्मनी, श्रीलङ्का, बाङ्लादेशलाई नेपालले पराजित गरेको थियो । नेपालले क्वार्टर फाइनलमा इरानलाई १०३–८ अङ्कको अन्तरले हराएर सेमिफाइनलको यात्रा तय गरेको थियो ।

