Madhes Khabar
स्थानिय हेडलाइन

मालपोत कार्यालय वीरगन्जका अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वीरगन्ज ,२४साउन: मालपोत कार्यालय वीरगन्जका मालपाेत अधिकृतसहित ६ जनामाथि भ्रष्टाचार मुद्दा  दायर भएको छ ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गराएको हो ।

भ्रष्टाचार मुद्दा दायर भएकाहरुमा मालपोत कार्यालय वीरगन्जका मालपोत अधिकृत हरिनारायण मिश्र, मालपोत अधिकृत सनदकुमार द्विवेदी ब्राह्मण, मालपोत अधिकृत चन्द्रबहादुर भण्डारी, कम्प्युटर अधिकृत कमोद तिवारी, नायब सुब्बा रामेश्वरप्रसाद साह र नायब सुब्बा लेखनाथ भट्टराई रहेका छन्।

जग्गाको रजिष्ट्रेशन पास गर्दा लिखतहरुमा घरबाटो सिफारिस विना न्यूनतम मूल्याङ्‍कन भन्दा कम मूल्य राखी राजश्व हिनामिना हुने गरी ब्यक्तिगत लाभ लिई लिखत पारित गरेको उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा राजश्व हिनामिना गरेको पुष्टि भएपछि उनीहरु बिरुद्ध मुद्दा  दायर गराइएको अख्तियारका प्रबक्ता भोला दाहालले जानकारी दिए ।

मुद्दा  दायर भएका ६ जना मध्ये रामेश्वर प्रसाद साहलाई ७ लाख ५१ हजार ८०९ रुपैया ९० पैसा जरिवाना, कमोद तिवारीलाई २३ हजार ४९५ रुपैया ५० पैसा,चन्द्र बहादुर भण्डारीलाई चार लाख ७८ हजार ८०८,लेखनाथ भट्टराईलाई ३९ हजार ५७ रुपैया ५० पैसा, हरिनारायण मिश्रलाई ६१ ह्जार २४३ रुपैया ७६ पैसा र प्रतिबादी सनद कुमार द्वीवेदी ब्रह्मणलाई दुई लाख २७ जहार ५५६ रुपैया ४० पैसा जरिबाना हुने मागदाबी गरिएको दाहालले बताए ।साभार:देशसञ्चार

Related posts

वीरगन्ज हेल्थकेयर हस्पिटलमा चारतारे हाेटलकाे सुविधा सरहकाे १० वटा डिलक्स केबिन सञ्चालन

MadhesKhabar

सहिद दिवसमा कांग्रेसद्वारा वीरगन्जमा १० जना सम्मानित

MadhesKhabar

पर्सामा निकुञ्जले पालेकै हात्तीको आक्रमणबाट माउतेको मृत्यु

MadhesKhabar

Leave a Comment